आहारारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुने

जनपत्र
१३ माघ २०८०, शनिबार १०:३६

काठमाण्डौ – २३ औँ आहारारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने छ ।

प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–० ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा पुगेको हो । भुटानी क्लब पारो भने बाइ पाएर सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको पोखरा गोल्डकपमा पहिलो सहभागिता हो ।

आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । आज जित्ने टोलीले माघ १७ गते जाउलाखेल र मनाङमर्स्याङ्दीमध्ये एउटासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*