प्रधानमन्त्री कपमा पहिलो रोजाइका १० खेलाडीको प्रदर्शन कस्तो छ ?
काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपालका पहिलो रोजाइका अधिकाम्स खेलाडीको प्रदर्शन राम्रो छैन । सर्वाधिक रन बनाउने शीर्ष १० सूचिमा कप्तान रोहित पौडेल मात्रै पहिलो रोजाइको खेलाडीको रुपमा छन् ।
हालसम्म ८ शतक बनेका छन् । पहिलो रोजाइका खेलाडीबाट छैन । यस प्रतियोगितामा नेपालको टोलीमा नपरेका र पूनरागन गर्ने तयारीमा रहेका खेलाडीको प्रदर्शन सानदार छ । ब्याटिङमा मात्रै होईन बलिङमा पनि नेपालको जर्सी खेलेका नभएर नखेलेका खेलाडी अघि छन् ।
मधेशका अनिल कुमार साह ८ खेलमा ३७० रनका साथ शीर्षस्थानमा छन् । उनलाई बागमती प्रदेशका आशुतोष घिरैयाले ३६८ रनका साथ पछ्याएका छन् । मधेशका पवन सरार्फ ३०३, मयन यादव २६५, कोशी प्रदेशका सुजन थपलिया २६२ र एपीएफका कप्तान रोहित पौडेल २५१ रन बनाएका छन् ।
बलिङतर्फ बागमतीका सूर्य तामाङ ८ खेलमा २४ र सुदूरपश्चिचमका शेर मल्ल ६ खेलमा २१ विकेट लिएका छन् । मुलपानी र भैरहवामा स्पिनर हाबी हुँदा ब्याटिङका लागि कठिन मानिएको छ । टियुमा भने रनको वर्षा भएका छन् । सबै ८ शतक टियुमै बनेका छन् ।







