रवि लामिछानेको निवेदनमाथि उच्च अदालत हेटौंडाकोे सुनुवाई

चितवन जिल्ला अदालत संग प्रतिवेदन माग ।
जनपत्र
१८ भाद्र २०७६, बुधबार १४:३१

हेटौंडा । कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले दिएको निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलाशले आज प्रतिवेदन माग गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलाशमा भएको बहस तथा पैरवी पछि उच्च अदालत पाटन, हेटौंडा इजलाशका न्यायधीश टेकराज नेपालको इजलाशले चितवन अदालतले गरेको निणयको प्रतिवेदन माग गरिएको हो ।

लामिछाने र कडेलले हिजो अदालतमा निवेदन दिएपछी आज पहिलो सुनुवाई गर्दै यसै बिषयको प्रतिवेदन पेश गर्न जिल्ला अदालत चितवनलाई आदेश गरेको उच्च अदालत पाटन हेटौंडा इजलासका प्रवक्ता अमृत घिमिरेले बताउनुभयो । आदेशमा जिल्ला अदालत, चितवनमा रहेको शुरु प्रमाण मिसिल तथा सरकारी वकिलको कार्यालयलाई समेतलाई जानकारी दिई प्रस्तुत प्रतिवेदन पेश गर्न आदेश भएको लामिछाने र कँडेलको पक्षमा बहस गरिरहेका अधिवक्ता राजेन्द्र सेढाईले बताउनुभयो ।

करीब २ साता भित्र प्रतिवेदन पेश हुने, सो पछि मुद्दाको विषयमा सुनुवाई हुने बताईएको छ । प्रतिवेदन पछि लामिछाने र कँडेलको पक्षमा बरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरु सुनिलकुमार पोखरेल, रोजेन्द्र सेढाई र अमृतकुमार लामा समेतले बहस गर्ने बताईएको छ ।
गत भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बिपरित रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी सञ्चारकर्मी लामिछाने र कँडेलले हिजो निवेदन दर्ता गराएका थिए ।

उच्च अदालत पाटन हेटौंडा इजलासमा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले हिजो निवेदन दर्ता गराएका थिए । यही भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदरका लागि माग गर्दै निबेदन दर्ता गराएका थिए । चितवन जिल्ला अदालतबाट भएको आदेश बदरगरी साधारण तारेखमा रही मुद्धाको पूपक्षगरी पाउँ भन्दै निवेदन दर्ता गरिएको उच्च अदालत पाट हेटौंडा इजलासका प्रवक्ता अमृत घिमिरेले जानकारी दिनुभयो ।

संकासपद भिडियोलाई वस्तु निष्ठ मानी प्रमाणको रुपमा लिइ सर्त सहित आदेश गरिएका र धरौटी माग गरिएकाले निवेदन दर्ता गरिएको हो । गत भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्य्िवधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदनदर्ता गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*