मानब बेचबिखन बिरुद्ध सचेतना जागृत गर्नु आजको आबश्यकता

प्रकाश खतिवडा
१८ भाद्र २०७६, बुधबार ०७:५३

हरेक बर्षको भाद्र २० गते नेपालमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय दिबश मनाउने गरिएको छ । यस बर्ष पनि नेपालमा बढ्दै गईरहेको मानब बेचबिखन तथा ओसारपसारको मुद्धालाई जनमानसमा बोध गराउन र यस कार्यको नियन्त्रण गर्न सबै तह र तप्काबाट कृयाशिल भई एक्यबद्धता गर्न र गराउन केन्द्रित रहने गरि यस बर्षको नारा “सरकारको प्रतिबद्धता, मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामि सबैको एक्यबद्धता ” निर्धारण गरि मानब अधिकारको संरक्षण र सम्बर्धन गर्न नेपाल सरकार अझ खास गरि प्रदेश नंम्बर तिनको सामाजिक बिकाश मन्त्रालय कृयाशिल भएको पाईन्छ ।

कतिपय जनमानसलाई मानब बेचबिखन र ओसारपसारको बारेको परिभाषा र अबधारणा स्पष्ट नभएको साथै यसको नियन्त्रण ऐन २०६४ को बारेमा समेत स्पष्ट जानकारि नभएको अबस्थामा आम जनतालाई यस राष्ट्रिय दिबशको मर्म र उद्धेश्यको बारेमा बोध गराई मानब बेचबिखन जस्तो घृणित कार्यलाई निरुत्साहन गर्न र नियन्त्रणमा आम नेपालीको एक्यबद्धता गराउने उद्धेश्यले समेत यो दिबश मनाउने निर्णय गरिएको हो ।

मानब बेचबिखन तथा ओसार पसार भन्नाले कसैले कुनै पनि मानिसलाई बिक्री गर्ने उद्धेश्यले ललाई फकाई,प्रलोभनमा पारी,झुक्याई,डर,त्रास,वा बल प्रयोग गरी वा नगरी देश भीत्र वा देश बाहिर एक ठाउंबाट अर्को ठाउंमा लैजाने वा लगी बिक्रि गर्ने,अन्य कुनै तरीकाले बेश्याबृत्तिमा लगाउने कार्यलाई जनाउछ ।मानब बेचबिखन तथा ओसार पसारलाई दण्डनीय गम्भिर अपराधको रुपमा मानेको छ । मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ ले माबन बेचबिखन र ओसार पसारको परिभाषा यस प्रकारले प्रस्तुत गरेको छ ।
बेचबिखन ः
 कुनैपनि उद्धेश्यले मानिसलाई किन्ने वा बेच्ने .
 कुनै प्रकारको फाईदा लिई वा नलिई बेश्याबृत्तिमा लगाउने.
 प्रचलित कानुन बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने .
 बेश्यागमण गर्ने .
ओसारपसार ः
 किन्ने वा बेच्ने उद्धेश्यले मानिसलाई बिदेशमा लैजाने
 बेश्याबृत्तिमा लगाउने वा शोषण गर्ने उद्धेश्यले शारीरिक रुपमा दवाब वा प्रलोभनमा पारी कसैलाई बसी रहेको घर,स्थान वा ब्यक्तिबाट छुटाई लाने,आफु संग राख्ने,आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने ।
 बेश्याबृत्तिमा लगाउने वा शोषण ठागर्ने उद्धेश्यले मञ्जुरी बिना नेपाल भीत्रको एक ठाउंबाट अर्को ठाउंमा वा बिदेशमा लैजाने वा अरु कसैलाई दिने ।

माबन बेचबिखन र यौन ब्यबसाय बीच के फरक छ

मानब बेचबिखन बिभिन्न उद्धेश्यका लागि हुने गर्दछ । बिशेष गरी महिला तथा बालिकाको बेचबिखन तथा ओसारपसार यौन शोषण र बेश्याबृत्तिका लागि हुने गर्दछ । त्यसैले बेचबिखन र यौन ब्यबसाय एक आपसमा अन्तर सम्बन्धित देखिए तापनि फरक फरक कार्य हुन । बेचबिखनलाई कानुनले अपराध मानेको छ । तर यौन ब्यबसायलाई कानुनी मान्यता नदिए तापनि अपराध पनि मानेको छैन ।

मानब बेचबिखन तथा ओसार पसार र मानब तस्करी बीच फरक ः
मानब बेचबिखन र तस्करी सामान्य रुपमा हेर्दा उस्तै देखिएता पनि फरक रहेको छ । मानबबेचबिखन देश भित्र वा देश बाहिर दुबै तिर हुन सक्छन् भने मानब तस्करी जहिले पनि सीमा पारी मात्र हुन्छ वा मानब तस्करीमा एउटा देशको सीमा काटेर अर्को देशको सीमा पार गराउनु जरुरी हुन्छ ।

मानब बेचबिखनमा पीडित आफु बेचिदैछु भन्ने कुरा थाहा हुदैन ।मानब बेचबिखन तथा ओसार पसारको मुख्य तत्व नै ललाई फकाई,प्रलोभन,डर वा अन्य तरीकाबाट झुक्याई बिश्वासमा लिईन्छ । मानब बेचबिखनमा पीडितलाई कहां गईदैछ, के गरिदैछ भन्ने परिणाम बारे गलत जानकारी दिएको हुन्छ ।

मानब तस्करीमा पीडित आफैले गैर कानूनी ढंगबाट जाली कागजात बनाई बिदेशको प्रबेशााज्ञा बेगर अर्को देश छिर्न अपराधीहरुलाई सहयोग गर्दछ । मानब तस्करीमा पीडितलाई परिणाम बारे थाहा हुन्छ ।कहिलेकाहि मानब तस्करीबाट सुरु भएको घटना बेचबिखनमा परिणत हुन सक्छ । मानब तस्करीलाई एउटा गैर कानुनी कार्यको रुपमा हेरिन्छ तर मानब बेचबिखनलाई सिर्फ एउटा अपराधिक कार्यको रुपमा मात्र हेरिनु हुदैन । यो मानब अधिकारको जघन्य उल्लङ्घन र मानबता बिरुद्धको अपराध हो ।

मानब बेचबिखन तथा ओसार पसारका प्रयोजनहरु

यौन शोषण ः मानब बेचबिखन तथा ओसार पसार सबैभन्दा पुरानो स्वरुपको मानब बेचबिखन तथा ओसार पसार हो । यौन शोषणको लागि हुने मानब बेचबिखन तथा ओसार पसार बल पूर्बक बेश्याबृत्ति र यौन दासताका लागि गरिने ओसार पसार मानब बेचबिखन भनि बुझिन्छ । अहिले मानब बेचबिखन तथा ओसार पसार यौन पर्यटक,बाल यौन दुराचार र अश्लिल प्रर्दशनीका लागि गर्ने गरिन्छ ।
भीख माग्न लगाउने ः सडक,मन्दिर वा अन्य स्थानमा महिला तथा बालबालिकाहरुलाई मानब बेचबिखन तथा ओसार पसार गरी भीम माग्नु लगाईन्छ ।
धर्मपुत्र वा धर्मपुत्री ः मानब बेचबिखन तथा ओसार पसारबाट गरिब आमाबुवा र त्यागिएका बालबालिकाहरु जोखिममा पर्दछन् । धर्मपुत्र वा पुत्री राख्ने आमाबुवाहरुले बिभिन्न संघ संस्थाहरुको साथै दलाल मार्फत रकम तिरी लैजाने गरेको छ ।
 ऊँट दौडको लागि ः बिशेष गरि बालबालिकाहर ऊँट दौडको लागि कम तौल परोस भनी बालबालिकाहरुलाई आधा पेट ख्वाई ऊँटको पिठ्युमा बाधी दौडको लागि मानब बेचबिखन तथा ओसार पसार गरिन्छ ।
 मानब अंग ब्यापार ः मानब बेचबिखन तथा ओसार पसार हाल अंग ब्यापारको लागि आकर्षण बढेको छ । गरिबी तथा बालबालिकाहरुलाई धनको लोभ देखाई आफ्नो अंग दान गर्न आकर्षित गर्छ । उनिहरु प्रायः छल गरि शरिरको भित्रीहरु झिकेर बेचबिखन गरिन्छ ।
 मनोरञ्जनको प्रयोग ः महिला तथा बालबालिकाहर सर्कसमा तथा भत्किलो नृत्य गर्नको लागि मानब बेचबिखन तथा ओसार पसार गरिन्छ ।
धार्मिक बेचबिखन ः समुदायमा रहेको गरिबी तथा त्यागिएको बालबालिकाहरुलाई धार्मिक शिक्षा दिने बाहानामा मानब बेचबिखन तथा ओसार पसार गरिन्छ ।

यस अलाबा अरु पनि प्रसस्त प्रयोजनहरु हुन सक्छ , यसबारेमा आम नगरिकलाई बोध गराउन थाहापाउनु हुनेहरुको कर्तब्य हुन आउछ । मानब बेचबिखन तथा ओसारका मुख्य कारणहरु
सामाजिक,सास्कृतिक कारणहरु आर्थिक तथा राजनीतिक कारणहरु
 जन चेतना तथा शिक्षाको कमी .
 लैंगिक भेदभााब.
 हिंसाको संस्कृती.
 पारीवारिक बिचलन.
 ईच्छा बिपरित वा कम उमेरमा गरिने बिबाह .
 धर्मिक,संस्कृतिक,कुरीतिहरु.
 शहरमुखी बसाईसराई÷अब्यबस्थित बसाईसराई.
 सुचनाको पहुंचमा कमी .
 अरुको देखासिखी र बढ्दो आधुनिकरण  गरिबी,बेरोजगारी,कम आयश्रोत.
 युद्धको अबस्था
 भूमिहिनता
 आन्तरिक द्वन्द्व
 परनिर्भरता (अरुको आम्दानीमा बाच्नु पर्ने)
 राजनैतिक प्रतिबद्धताको कमी
 स्पष्ट र कडा कानुनको अभाब
 भारतसंग खुल्ला सिमाना
 अन्तर सिमा र क्षेत्रीय कार्यक्रमहरको कमी
 कानूनको प्रभाबकारी कार्यान्वयनको अभाब

बेचबिखनबाट बच्न अपनाउनु पर्ने साबधानीहरु ः
 झुठो आश्वासनमा बिश्वास नगर्ने ।
 अन्जान,अपरीचित नजिकैको चिनेको मान्छे वा नातेदार जो कोहीबाट पनि बेचबिखन हुन सक्ने भएकोले सचेत रहने ।
 बिबाह गर्दा घर परिवारसंग सल्लाह गर्नु पर्छ ।
 बिपत्तिको समयमा जो कोहीले सुरक्षित स्थानमा लैजाने बाहानामा वा शिक्षा,रोजगारको प्रलोभन देखाई दुब्र्यबहार,हिंसा बेचबिखनमा पर्न सक्ने अबस्था भएकोले आफु सर्तक रहने ।
 अपरीचित ब्यक्तिले दिएको खानेकुरा नखाने।
 बैदेशिक रोजगारमा जांदा अन्य देशको बिमान स्थलको प्रयोग नगर्ने ।
 आफुलाई कोही ब्यक्ति प्रति शंका लागेमा प्रहरीलाई खबर गर्ने वा सम्बन्धित निकायहरुमा खबर गर्ने ।
 आफु कतै जांदा होशियार रहने,कुन ठाउंमा जान लागेको हो पूर्ण जानकारी लिने ।
 फेसबुकमा बनाएको साथीहरुको बिश्वास नगर्ने ।
 घर परिवारको फोन नम्बर या आफ्नो साथीहरुको नम्बर लिई राख्ने ।
 बैदेशिक रोजगारमा जान पुर्ब अपनाउनु पर्ने बिधि र प्रकृयाका बारेमा सचेत भएपछि मात्र जाने
 बैदेशिक रोजगारमा दक्ष कामदारको रुपमा जाने । अन्यथा फस्न सकिन्छ ।

मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न राज्यले जुन सकारात्मक कदम चाल्नेछ त्यसलाई पुर्णता दिन बिकाशका साझदार तथा गैरसरकारि सस्थाहरु को एक्यबद्धता आबश्यक पर्दछ । यहि मर्म अनुरुप मकवानपुर जिल्लाको हकमा मानब बेचबिखन बिरुद्ध २९ बटा अन्र्तराष्ट्रिय र राष्ट्रिय सस्थाहरुको संजाल को रुपमा मानब अधिकार संरक्षण तथा मानब बेचबिखन बिरुद्धको संजालले मानब बेचबिखन अन्त्यका लागि राज्यलाई सहयोगिको भुमिका निर्बाह गर्दे आईरहेको छ ।

माईति नेपाल, ईटिएससि नेपाल, बाल कल्याण समाज, अस्मिता नेपाल, सेलर्ड, प्लान ईन्टर नेशलन, हिमराईट्स, सिबिन नेपाल, मकबानपुर महिला समुह, नारिशिप सृजना केन्द्र, शक्ति समुह, नेपाल परिवार नियोजन संध, ग्रामिण महिला सेबा केन्द्र, सानाहातहरु, सिसिडिएन, दलित महिला संध, नारि संरक्षण केन्द्र, युफिड लगायतका सस्थाहरुले मकबानपुर जिल्लाभरिनै कार्यक्रमको दोहोरो पन हुन नदिई कार्यगत एकता गर्दै आईरहेको नेपालमानै उदाहरणिय कार्य भएको मानिन्छ । मकवानपुरमा संजालले जिल्ला प्रशासन कार्यालयमा सरकारको समन्वयमानै बैदेशिक रोजगारको नाममा बेचिन लागेको धेरै चेलिहरुलाई परामर्श सेबा दिई बेचिन र ओसारपसार हुनबाट जोगाएको तथ्यगत आधारनै पाईन्छ ।

नेपाल सरकारले अह्वान गरि मानब बेचबिखन बिरुद्धको दिबश भब्यरुपमा मनाउन आग्रह गरे बमोजिम प्रदेश नम्बर तिनको समाजिक बिकाश मन्त्रालयले सरकारि र गैर सरकारि सस्थाबिच समन्वय बैठक गरि भाद्र २० लाई सप्ताह ब्यापि मनाउने निर्णय गरि सबै सस्थाको कार्यक्रमलाई एकिकृत गरि एक द्धार प्रणालिको आधारमा मनाउन लागिएको दिबश एतिहासिक र उपलब्धि मुलक हुने बिश्वास गरिएको छ । भाद्र २० गतेको दिबशको महत्वको बारेमा आम जनमानसलाई बोध गराउदै मानब बेचबिखन र ओसार पसारमा नियन्त्रणगर्न सबैको सार्थक एक्यबद्धता कायम गराउन यो दिबश सफल हुनेछ भन्ने बिश्वास लिईएको छ । यस्ता दिबशको प्रभाबले आम नागरिक समाज लाई मानब बेचबिखन तथा ओसारपसारको बिरुद्धमा कृयाशिल भई पिडित लाई न्याय दिलाउन र सचेतना जागृत गर्न सार्थक एक्यबद्धता बृद्धि हुनेमा बिश्वास गरिएको छ । मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय दिबश २०७६ का सन्धर्वमा वालकल्याण समाज मकवानपुरका संयोजक प्रकास खतिवडाले लेख्नु भएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*