बाबु र छोराको घाँटी रेटेर हत्या

जनपत्र
१८ भाद्र २०७६, बुधबार ०६:१७

स्यांजाको हरिनास गाउपालिका ३ स्थित ललहीको मिनडाँडामा बुबा र छोराको हत्या भएको छ। मंगलबार बिहान करिब ४ बजे तिर २९ वर्षका बाबु चित्रबहादुर खड्का र उनका ४ वर्षका छोरा रिजनको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रशासन कार्यालय स्यांजाले जानकारी दिएको छ।
स्यांजाका निमित्त प्रमुख जिल्ला अधिकारी  ध्रुव गिरीले उक्त घटनाको पुष्टि गरेका हुन्। ‘यो ठाउँ सदरमुकामबाट टाढा, तनहुँसँग सीमा जोडिएको क्षेत्र पर्छ,’ उनले भने, ‘कसैले बाबुछोराकै हत्या गरेको छ भन्ने खबर पाउनासाथ प्रहरीका एसपीको नेतृत्वमा प्रहरी त्यहाँ पुगेर पनि आइसकेको टोली फर्किसकेको छ।’ स्थानीयले केहि अपरिचीत व्यक्ति बिहान खड्काको घरमा छिरेर बाबु छोराकै हत्या गरेर भागेको बताएका छन्।
स्यांजाका एसपी राजकुमार लम्सालले पनि उक्त घटनाको थप पुष्टि गरे। ‘घटनाको प्रकृति हेर्दा हत्या भएकै हो,’ उनले भने, ‘दुवैको घाँटी रेटेर मारेको छ। अनुसन्धानको काम भइरहेको छ। सोधपुछ भइरहेको छ।’ मृतक खड्का गाउँमै बाख्रा पालन र मिल व्यवसाय गर्दै आएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*