चितवन अदालतको आदेश वदर गर्न माग गर्दै रबि लामिछाने हेटौंडामा

भिडियोलाई प्रमाण मानी त्यस माथी सर्त सहितको आदेश र धरौटी माग गरिएकाले वदर गर्न माग गर्दै निवेदन दर्ता गरिएको हो ।
जनपत्र
१७ भाद्र २०७६, मंगलवार १६:२५

हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासमा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले आज निवेदन दर्ता गराएका छन् । यही भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदरका लागि माग गर्दै निबेदन दर्ता गराएका हुन् । चितवन जिल्ला अदालतबाट भएको आदेश बदरगरी साधारण तारेखमा रही मुद्धाको पूपक्षगरी पाउँ भन्दै निवेदन दर्ता गरिएको उच्च अदालत पाट हेटौंडा इजलासका प्रवक्ता अमृत घिमिरेले जानकारी दिनुभयो ।

आज उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनी सहित युवराज कँडेललाई जनही ५ लाख र ३ लाख धरौटीमा रिहा गरेको आदेशमा चित्त नबुझी हेटौंडामा आज संयुक्त निवेदन दर्ता गराएका हुन् ।

संकासपद भिडियोलाई वस्तु निष्ठ मानी प्रमाणको रुपमा लिइ सर्त सहित आदेश गरिएका र धरौटी माग गरिएकाले निवेदन दर्ता गरिएको हो । गत भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्य्विधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदनदर्ता गराएका छन् ।

लामिछानेको निवेदन उपर भोलि उच्च अदालत पाटन, हेटौंडा इजलाशले भोलि प्रारम्भिक सुनुवाई गर्ने बताईएको छ । लामिछाने र कँडेलको तर्फबाट अधिवक्ता राजेन्द्र सेढाईले भोलि बहस तथा पैरवी गर्ने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*