एकै पटकमा १० वटा ब्रसले चित्र बनाउने कलाकार

जनपत्र
१२ पुष २०८०, बिहीबार ०६:२८

सर्ज फिलिञ्जर बेलारुसी चित्रकार हुन् । आफैँ चित्र बनाउन सिकेका फिलिञ्जरले एकै पटकमा १० वटा ब्रसले पेन्टिङ गर्न सक्छन् । आफ्ना हातका १० वटै औँलामा ब्रसलाई बाँधेर उनी चित्र बनाउँछन् । धेरैजसो मान्छेलाई एउटै बसले चित्र बनाउन सकस हुन्छ । तर एकै पटकमा १० वटा ब्रसले चित्र बनाएको कल्पना गर्न भर्चुअली नै असम्भव छ । झट्ट सुन्दा अचम्म लाग्छ नि है ?

तर एक जना मान्छे छन्, जसले १० वर्षदेखि यस्तैगरी चित्र बनाइरहेका छन् । फिलिञ्जर सुरुमा दायाँ हातका तीन औँलामा ब्रस टाँसेर चित्र बनाउँथे । यसमा बानी बस्दै गएपछि बायाँ हातका दुई ओटामा औँलामा दुई ओटा ब्रस टाँसेर चित्र बनाउने अभ्यास गर्न थाले । तर पछि चाँहि हातका सबै औँलामा नै ब्रस टाँसेर चित्र बनाउन थाले । गर्दै जाँदा यसरी चित्र बनाउनु उनलाई ‘कूल’ र झन् सहज हुन थाल्यो ।

यो तरिकाले चित्र बनाउने तकनिकीले एउटै ब्रस बनाएर काम गर्दाको भन्दा फरक तरिकाले काम गर्न आफ्नो मस्तिष्कलाई चुनौती दिएको दाबी फिलिञ्जरको छ । धेरैओटा ब्रस प्रयोग गर्नु अघि उनले परम्परागत आयल पेन्टिङ पद्धतिमा हात बसालेका थिए । पछिल्ला केही वर्षहरुमा फिलिञ्जरले जर्मनी, इटली र पोल्यान्डमा आफ्नो चित्रकारिता तकनिकी प्रदर्शन गरेका छन् । केही मान्छेले २ वटा हातले एकै चोटी चित्र बनाएको त इन्टरनेटमा यदाकदा देखिएको हो । तर १० वटै औँलामा ब्रस टाँसेर पेन्टिङ गरेको चाँहि यो पहिलो पटक भएको भन्दै इन्टरनेटमा प्रतिक्रियाहरु आइरहेका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*