प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी : वेस्टह्यामले म्यानचेस्टर युनाइटेडलाई हरायो

जनपत्र
८ पुष २०८०, आईतवार ०९:५९

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा एक/एक गोलको बराबरी भयो ।

आर्सनलका गेब्रियल मागालहाएसले खेलको चौथो मिनेटमा गोल गरे । तर लिभरपुलका मोहम्मद सलाहले खेलको २९औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन सकेन । बराबरीसँगै आर्सनल शीर्ष स्थानमा यथावत् छ । उसको १८ खेलमा ४० अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलमा ३९ अङ्क छ ।

अर्को खेलमा वेस्टह्यामले म्यानचेस्टर युनाइटेडलाई हरायो । वेस्टह्यामका जारोड बोवेनले ७२औँ मिनेटमा र त्यसको ६ मिनेटपछि मोहमद कुडोसले गोल गरे । हारसँगै युनाइटेड १८ खेलमा २८ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । समान खेलमा वेस्टह्याम ३० अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ ।

गएराति भएका अरु खेलमा टोटनहमले एभर्टनलाई, बर्नमाउथले नटिङ्घम फरेस्टलाई, बर्नलीले फुलहमलाई र लुटन टाउनले न्युक्यासललाई हराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*