आँचललाई गाली नगर्न पलको आग्रह

जनपत्र
१६ भाद्र २०७६, सोमबार ०५:५६

लामो समयदेखि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको प्रेम सम्बन्धको चर्चा चल्दै आएको छ । फिल्म ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ ठूलो पर्दामा डेब्यू गरेका दुईले फिल्म ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा पनि सँगै काम गरेका थिए । उनीहरुले साथमा म्यूजिक भिडियो पनि थुप्रै गरेका छन् । दर्शकले दुईको जोडी निकै रुचाउने गरेको पाइन्छ । त्यसैले त दुईलाई भिडियो र फिल्ममा लिन हानाथाप हुने गर्दछ ।
‘जोनी जेन्टलम्यान’ रिलिजको संघारमा रहँदा पल र आँचलको प्रेम सम्बन्धको चर्चा चल्न सुरु भएको थियो । तर, कहिल्यै दुईले यो कुरा स्वीकार गरेनन् । उनीहरु सधैं रेडिमेड जवाफ फर्काउँछन्, ‘हामी मिल्ने साथी मात्र हौं । हामीबीच साथीभन्दा माथिको सम्बन्ध स्थापित भएको छैन ।’ तर, यो मान्न न मिडिया न त दर्शक नै तयार छन् । करिअरलाई असर पर्ने भएकाले दुईले प्रेम सम्बन्ध स्वीकार गर्न नसकेको बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*