हेटौंडा एफएमको तीज कार्यक्रम आज, राष्ट्रिय कलाकारले तताउने

हेटौंडा,१६ भदौ । हेटौंडा एफएमले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा गर्न लागेको खुला तीज गीत प्रतियोगिता तथा बृहत सांस्कृति कार्यक्रममा आज राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु आउने भएका छन् ।
तीजको मुख्य दिन आज हेटौंडाको पशुपति मन्दिर नजिक आयोजन गर्न लागिएको कार्यक्रममा राष्ट्रिय कलाकारहरु जुनु रिजाल, श्रुती सिंह, सुमिना लो सहित स्वस्तिका ढकाल, प्रतिमा अर्याल, आयुस्मा केसी, रेश्मी कार्की, शोभा गौतम लगायतको बेजोड प्रश्तुती रहने हेटौंडा एफएमका प्रवन्ध निर्देशक उज्वल चौलागाइले जानकारी दिनुभयो ।
कार्यक्रममा हाँस्यकलाकारहरु सुबोध गौतम “एदुमे” र सुमन कार्कीको पनि प्रस्तुती रहनेछ । पुर्ण शाक्य एण्ड सन्सको प्रायोजन तथा हेटौंडा एफएमको आयोजनामा सम्पन्न हुने प्रतियोगितामा प्रथम हुनेलाई रु. १५ हजार, द्वितीय हुनेलाई रु.१० हजार तथा तृतीय हुने समूहलाई रु. ५ हजार सहित उत्कृष्ट नृत्य गर्नेलाई चांदीको पाउजुको ब्यवस्था गरिएको हेटौंडा एफएमले जनाएको छ । कार्यक्रममा मकवानपुरको गढी गाउँपालिकामा रहेको नवयुग ब्राहमण नौमति बाजा समूहको पनि प्रश्तुती रहने छ ।