मानव वेचबिखन, मानव तस्करी र बेश्याबृत्तिबिचको अबधारणागत भिन्नता

मानवीय मर्यादा र आत्मसम्मानका कुरागर्दा कसैलाइ कुनैपनि बहानामा गरिनखोजिने केहिक्षणको शोषणपनि कदापि स्विकार्यहुन सक्दैन केवल निन्दनीय र दण्डनीय मात्र हुनसक्दछ भने अनैतिक र अमानवीय कामगराउनका लागि मान्छेलाइ बस्तु झैं गरेर गरिने बेचबिखन क्रुरताको पराकाष्ठा हो ।
बिषेशगरि महिला बालबालिकाहरुमाथीनै घट्ने यो अपराधको शिकार पछिल्लो समय पुरुषपनि हुनेगरेका छन् । नेपलको सन्दर्भमा मानव बेचविखन तथा ओसारपसारको थालनि कहिलेदेखि भयो भनि यकिन इतिहास नभएपनि जब चारकोसे झाडि फडानिगरि भारतीय सिमा सम्म सहजै आवत जावत गर्न सकिने गरि यातायातका साधन चल्नथाले तव काठमाण्डुका दरबारहरुमा सिमित रखौटी र सुसारेका नाममा हुने महिला शोषणको बजार भारतका कलकत्ता बम्बै जस्ता सहरमा बिस्तार भयो ।
बिगतमा चेलिबेटी बेचबिखनको रुपमा चिनिएको यो अपराध सुरुमा सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुर जिल्लामा ब्याप्त भएका कुरा तात्कालिन समाचार, लेख र प्रतिबेदनले उल्लेख गर्ने गरेका थिए । पछिल्लो समयामा नेपालीहरु बैदेशिक रोजगारमा जाने र पठाइने प्रचलन एउटा संस्कृतिकै रुपमा बिकास भैसके पछि अशुरक्षित बैदेशिक रोजगार र मानव तस्करीका कारण समेत खाडि मुलुकहरु सहित एसिया र युरोपका शहरहरु समेत नेपाली नागरिक बेचबिखनको गन्तब्य बनेका छन् ।
मानव बेचविखन तथा ओसारपसार के हो भनि प्रश्न गर्दा यो कानून विरुद्धको गम्भीर अपाराधिक कार्य हो भने गम्भीर सामाजिक अपराध हो । यो व्यक्तिको प्रतिष्ठा माथिको व्यापार हो भने मानव अधिकारको गम्भीर उलंङ्घन हो र संगठित अपराध पनि हो ।मानव बेचविखन तथा ओसारपसारलाइ अथ्र्याउने निम्नानुसार बिभिन्न परिभाषाहरु भएका छन् ।
कुनैपनि ब्यक्तिलाई वेश्यावृत्तिको उद्देश्यका लागि फकाउँने वा लैजाने, अर्को व्यक्तिको वेश्यावृत्तिबाट फाइदा लिने, वेश्यालय संचालन गर्ने वा जानीजानी लगानी गर्ने वा लगानीमा सहभागी हुने, वेश्यावृत्तिको उद्देश्यको लागि स्थान भाडामा दिने वा लिने कार्य मानब बेचबिखन तथा ओसारपसार हो । (जिउ मास्ने बेच्ने तथा अरुको बेश्यावृत्तिको शोषणको दमनका लागि ब्यवस्था भएको महासन्धि, १९४९)
“दासता, बाध्यात्मक श्रम (बँधुवा मजदुरी वा ऋणी बनाइएका व्यक्तिहरुको श्रम लागयत) र दासतापूर्ण व्यवहारका लागि कुनै पनि व्यक्तिलाई डर, धाक देखाई, जालझेल गरी वा शक्ति÷पदको दुरुपयोग गरी काममा लगाउनु/ओसारपसार गर्नु÷एक ठाँउबाट अर्को ठाँउमा लैजानु वा लैजानका लागि सहयोग गर्नु वा आश्रय दिनु वा अरुद्वारा त्यस्तो कामको निम्ति सहयोग प्राप्त गर्नु बेचबिखन हो । (संयुक्त राष्ट्रसंघीय मानव अधिकारका लागि उच्च आयुक्तको कार्यालय संयुक्त राष्ट्रसंघीय बाल विकास कोष)
“मानिसहरूको बेचबिखन/ ओसारपसार भन्नाले डर,त्रास, शक्ति, धम्की, छलकपट, धोखा, फरेबको प्रयोग, शक्तिको दुरूपयोगका साथै जोखिमपूर्ण अवस्थाको दुरूपयोग गरी व्यक्तिहरूलाई कुनै पनि प्रकारको शोषणका लागि भर्ना गर्नु, स्थानान्तरण गर्नु, त्यस्तो कार्यलाई सहयोग पु¥याउनु वा सहयोग प्राप्त गर्नु तथा बेचबिखन गरिने व्यक्तिमाथि नियन्त्रण भएको व्यक्तिलाई उपरोक्त कार्यमा सहयोग प्राप्त गर्नका निमित्त रकम वा फाइदाहरू दिनु / लिनुलाई बुझाउँदछ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ले गरेको परिभाषा यस्तो रहेको छ ।
बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानून बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने र वेश्यागमन गर्ने ओसारपसार भन्नाले किन्ने वा बेच्नेउद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले (ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी) कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आपूmसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने ।
मानव अधिकारको सन्दर्भबाट हेर्दा विश्वव्यापी परिभाषाहरुमा रहेका समानताहरुलाइ के भन्न सकिन्छ भने सबै प्रकारका मानव बेचबिखन तथा ओसारपसारमा आधारभूत मानवअधिकारको उलंङ्घन साझा तत्वको रूपमा रहेको भेटिन्छ । मानव बेचबिखन तथा ओसारपसारमा पीडितको स्वतन्त्र सहमति कहिल्यै रहँदैन । मानव बेचबिखन तथा ओसारपसार दासताको अवस्था हो ।
मानव बेचबिखन तथा ओसारपसारमा परेकाहरू सधैं नै शोषित भएका हुन्छन् । मानवबेचबिखन तथा ओसारपसार कुनैपनि समाजमा स्वीकार्य छैन
मानव बेचबिखन तथा ओसारपसारको कार्य अनैच्छिक र शोषणपूर्ण हुन्छ । मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्य मानव बेचबिखन तथा ओसारपसार मा संलग्न व्यक्तिहरूको मस्तिष्कमा अपराध (आपराधिक सोच वा नियतको अवधारणा) को रूपमा उत्पन्न हुन्छ र पीडितको मानव भएकै कारण प्राप्त अन्तर्निहित स्वतन्त्रताको हनन् गरी अन्त हुन्छ ।
बेचबिखन तथा ओसारपसारमा परेकाहरू आफूले भोग्नु पर्ने जीवनप्रति अनभिज्ञ हुन्छन् । बेचबिखन तथा ओसारपसारमा परेकाहरूलाई बल प्रयोग गरी वा त्रासमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्नहरूको माग पूरा गर्न बाध्य पारिन्छ । पीडितलाई सांस्कृतिक, भाषिक रूपमा एक्ल्याई शारीरिक चुनौतिपूर्ण वातावरणमा राखिन्छ र कानुनी पहिचान र न्यायमाथिको पहुँचबाट टाढा पु¥याइन्छ ।
मानब बेचविखन तथा ओसारपसारको अपराध संगठित अपराधको रुपमा बिकसित हुदैछ । संगठित अपराध भनेको अपराध गर्नका लागि ब्यक्ति ब्यक्ति बिचको संन्जाल निर्माण हुन्छ र राष्ट्रि«य तथा अन्तराष्ट्रिय स्तरमा नै यसले जालो खडा गरी अपराधिक ब्यक्तिहरु संगठित हुने गर्दछन् । संगठित रुपमा अपराध गर्ने ब्यक्तिहरुले मुलुकका राजनितिक शक्तिहरुसित सम्वन्ध स्थापित गर्ने गर्दछन् । संगठित अपराधिहरुले अपराधगर्दा २१ औ सताब्दीका आधुनिक उपकरणको प्रयोग गर्ने गर्दछन् ।
संगठित अपराधले राज्यको सुरक्षा निकायकालागि निकै ठुलो चुनौति खडा गर्दछ । संगठित अपराध र यसको अर्थतत्र संग सम्वन्ध गासिन पुग्दा संगठित अपराधले अर्थतन्त्र संग सम्वन्ध स्थापित गरेमा कानुनको शासनलाई ध्वस्त बनाउ छ । भष्ट्राचारलाई ब्यापक बनाउछ । कालो धनलाई सेतो बनाउने प्रयासले अर्थतत्र माथि आक्रमण हुन्छ र समयमा नै यो जालोलाई चिर्न नसकेमा यसले मुलुकको अर्थतत्रलाई नै ध्वस्त पार्न सक्छ ।
मानव बेचविखन, मानव तस्करी र वेश्याबृत्ति बिच तात्विक भिन्नता छन् ।
मानव तस्करी संगठीत रुपमा हुने मानिसको ओसारपसार हो । कसैले आर्थीक उपार्जन वा अन्य कुनै किसीमले फाईदा लिने उद्देश्यले, कुनै ब्यक्ति लाई विधिवत प्रवेशआज्ञा नभएको मुलुकमा गैर कानुनी रुपमा मानिसहरुको प्रवेश गराउने वा गैर कानूनी रुपमा व्यक्तिको इच्छा अनुरुप उस्को सहमति र चाहना अनुसार एक देशबाट अर्को देशमा व्यक्तिलाई लगिने कार्य मानव तस्करीको कार्य हो ।
बेचबिखन र मानव तस्करीमा फरक
मानब बेचविखन तथा ओसारपसार मा बल प्रयोग, धोका वा करकाप जस्ता बास्तविक संवेदनात्मक वा गुप्त तत्वहरुको उपस्थिति हुनुपर्छ तर १८ वर्ष भन्दा मुनिका नावालकहरुलाई यौन व्यवसायमा लगाइएको छ भने बल प्रयोग धोका वा करकाप जस्ता तत्वहरुको प्रयोग नभएपनि त्यो मानव ओसारपसार तथा बेचविखन हुन्छ ।
मानव बेचविखन तथा ओसारपसारमा परेका मानिसहरु पिडित हुन् । दास बनाइएका हुन्छन्, सिमित हिँडडुल गर्न दिईएको हुदैन । एकान्तमा राखिएको हुन्छ । बलजफत श्रम वा शोषण भएको हुन्छ । पिडितको सहमति गौण भई आवश्यक छैन । अन्तराष्ट्रिय सिमा नाघेर जानु जरुरी छैन । व्यक्ति श्रम÷सेवा वा यौन व्यवसायमा संलग्न हुनुपर्छ । मानवीय अंग व्यापार समेत भएको हुन सक्दछ ।
मानव तस्करीमा तस्करीमा परेको मानिस आफैले सहयोग गरिरहेको हुन्छ । यस्मा व्यक्ति स्वंयलाई आफू गैरकानूनी कार्य गरिरहेको जानकारी हुने भएकोले सधैं जोखिममा रहन्छ । त्यहाँ बास्तविक वा गुप्त बल प्रयोग हँुदैन । तस्करीमा परेका मानिसहरु पिडित नभएर कानून उलंघनकर्ताहरु हुन् । उनीहरु काम (जागिर) छाड्न वा परिवर्तन गर्न स्वतन्त्र हुन्छन् । अएक देशबाट अर्को देशमा मानिसहरुका अबैध प्रवेशलाई सघाउँछ । तस्करी जहिलेपनि अन्तर्राष्ट्रिय सीमानाघेर नै हुन्छ । व्यक्ति अनधिकृत रुपमा अन्य देश भित्रप्रवेश गरेको हुनुपर्छ वा प्रवेश गर्ने प्रयास गरेको हुनुपर्छ ।
मानव बेचविखनलाई मानब तस्करी सङ्ग अलग गर्ने मुख्य तत्वहरुमा धोका (जालझेल,झुक्यानमापारी ), करकाप (इच्छा बिरुद्ध कार्यगर्न बाध्य बनाउने), बल वा शक्तिको प्रयोग (जवरजस्ती, धम्कीपुर्ण ब्यवहार), अपहरण वा बन्दक जस्ता कुराहरु भएको र नभएको अबस्थाले निर्धारण गर्दछ ।
बेचबिखन र बेश्यावृत्तिमा अन्तर
बेच बिखन बेचबिखन व्यक्तिको ईच्छा विरुद्ध हुन्छ । कानुनले अपराध मानी सजायको व्यवस्था गरेको छ । कानूनका आधारमा स्वदेश तथा विदेशमा अपराधीलाई कारवाही हुन्छ । बेचविखनपछि पीडितले नागरिक अधिकार तथा शरिरमाथिको अधिकार गुमाएको हुन्छ । उपचारको बाटो भन्दा पीडित टाढा हुन्छ । महिला पुरुष दुबैको वेश्यावृत्ति लगायत बाध्यात्मक श्रम, अंग प्रत्यारोपण, दास बनाउने जस्ता कार्यका लािग पनि विक्री हुन सक्दछन । बेचबिखनपछि लागु पदार्थ ओसारपसार उटदौड कारखाना तथा आदि जोखिमपूर्ण कार्यमा लगाएको पाइन्छ । यो व्यक्तिको मानव अधिकारको गम्भीर उल्लंघन हो ।
यद्यपि नेपालको कानुनले कुनैपनि अबस्थामा बेश्याबृत्तिलाइ कानुनी मान्यता दिएको छैन र यो दण्डनीय छ र पनि यो लुकिछिपी स्वेच्छाले पनि हुन सक्दछ । कतिपय देशमा यसलाइ अपराध मानिएको छैन । स्पष्ट कानुन नभएकोले सार्वजनिक अपराध भन्दा गम्भीर खाले सजायको व्यवस्था गरिएको छैन । स्वेच्छाले वेश्यावृत्ति गर्ने र शारिरिक अंग बेच्ने दुबैले नागरिक तथा शारिरीक अधिकार गुमाएको हुँदैनन् । उपचारको बाटो लिन चाहे पहुँच भित्रै हुन्छ । वेश्यावृत्तिजन्य देहव्यापार महिलाले मात्र गरेको पाईन्छ । तर पुरुष पनि सधै संलग्न रहेको हुन्छ । स्वेच्छाले देहव्यापार गर्नेलाई अन्य किसिमको शारिरीक शोषण हुँदैन । लेखक मानब अधिकार संरक्षण तथा मानव वेचबिखन बिरुद्धको संजाल, मकवानपुरको सचिव हुनुहुन्छ ।