महिलाले भाडामा राखिन् आफ्नो आधा ओछ्यान, मासिक भाडा ९० हजार

जनपत्र
३० मंसिर २०८०, शनिबार ०६:२६

 यो दुनियामा भाडा नजाने भन्ने चिज के पो रहेछ र ? हुँदाहुँदा क्यानडामा एकजना महिलाले आफ्नो आधा बेड समेत भाडामा दिनका लागि विज्ञापन गरिन् ।

क्यानडाको टोरन्टोमा घरजग्गाको भ्यालुएसन गर्ने काम गरिरहेकी रिएल्टर आन्या एटिंगरले एकजना महिलाको निकै अनौठो फेसबुक पोस्ट आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

फेसबुक मार्केट प्लेसमा राखिएको उक्त विज्ञापनमा  ती महिलाले आफ्नो ओछ्यानको आधा भाग  मासिक ९ सय क्यानेडियन डलर अर्थात् करीब ९० हजार रुपैयाँमा भाडामा राखिएको थियो ।

उक्त फेसबुक विज्ञापन हाल डिलिट भैसकेको भएपनि डिलिट हुनुअगावै त्यो निकै भाइरल बन्यो । वास्तवमा आफ्नो आधा बेड भाडामा लगाउन चाहेकी ती महिलाले मास्टर बेडरुम शेयर गर्न सकिने खालकी सजिलो आनीबानी भएकी महिला साथीलाई रुममेट बनाउन खोजेकी रहेछिन् ।

त्यसैले उनले फेसबुक मार्केट प्लेसमा विज्ञापन हालिन् । जसमा लेखिएको थियो :  मास्टर बेडरुम र क्विन–साइज्ड बेड शेयर गर्नका लागि एकजना सजिलो खालकी महिलाको आवश्यकता ।

मेरो कोठामा एउटा मात्रै ओछ्यान छ र यसअघि पनि मैले फेसबुकबाटै साथी खोजेर बेडरुम शेयर गरेकी थिएँ, जुन निकै गज्जब भयो ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*