जन्मियो विश्वकै सानो बच्चा

जनपत्र
१५ भाद्र २०७६, आईतवार ०६:५०

बेलायतमा विश्वकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ । ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा ओनकेन र बुवाको नाम साइमन शेरवुड हो ।

१८ जुलाईका दिन जन्मिएकी ती शिुशुको जन्मिँदाको वजन झण्डै ६ सय २५ ग्राम रहेको थियो भने शरीरको लम्बाइ ११ इन्च थियो । मार्गरेटस्थित एक अस्पतालमा उनको जन्म भएको थियो । उक्त शिशु अहिलेसम्म पनि अस्पतालको आईसीयूमै राखिएको छ । शिशुले भेन्टिलेटरको माध्यमबाट स्वास लिने र ट्युबबाट खाना खुवाउने गरिएको छ । अहिले शिशुको तौल ८ सय २५ ग्राम जति भएको छ । २३ हप्तामै जन्मिएकी उक्त शिशु जन्मिएको पाँच दिनपछि मात्र रोएकी थिइन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*