दशैंमा ‘काले दाई’

दशैं विदा छोप्दै असोज १७ गतेबाट फिल्म ‘काले दाई’ प्रदर्शनमा आउने भएको छ । यो फिल्म रिलिजको भोलीपल्ट फूलपाती परेको छ । हरेक वर्ष दशैंको फूलपातीमा फिल्म रिलिज गर्न हानाथाप गर्ने ठूला ब्यानरहरु यसपटक भने कुना पसेका छन् । किनकि, फूलपातीको दुई दिन अगाडि बलिउडको महँगो फिल्म ‘वार’ प्रदर्शन हुँदैछ ।
यसको डरले फूलपातीको अघिल्लो दिन प्रदर्शनमा आउने लगभग निश्चित भएको दीपकराज गिरी समुहको फिल्म ‘छ माया छपक्कै’ समेत एक हप्ता पछाडि सर्यो । ‘काले दाई’ भने चौंडा छाति देखाएर मैदानमा उत्रिएको छ । फर्स्टलुक पोस्टरमार्फत् यो फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मका निर्देशक शिव शर्मा हुन् ।