हेटौंडाको वालज्योति माबिको १२ कोठे भवन उद्घाटन्

शिक्षामा गुणस्तरियता ल्याउन सबै खालका सहयोग गर्न तयार छौ– मेयर महत
जनपत्र
१३ भाद्र २०७६, शुक्रबार १८:२०

हेटौंडा / हेटौंडा– ५ पिप्लेमा रहेको बालज्योति माध्यमिक बिद्यालयको नव निर्मित भवनको आज उद्घाटन् गरिएको छ । जाईकाको प्राबिधिक र आर्थिक सहयोगमा निर्माण भएको १२ कोठे पक्की भवनको आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभयो ।
कुल ३ करोड १८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवन उद्घाटन् गर्दै बिद्यालयलाई आजै हस्तान्तरण गरिएको हो । भवनको उद्घाटन् गर्दै मेयर महतले सरकारी बिद्यालयको शिक्षामा गुणस्तरियता ल्याउनका लागि शिक्षकहरुको अग्रणी भूमिका हुने बताउनुभयो । सबै सामुदायिक बिद्यालयहरु अव आधुनिक राष्ट्रिय माबि संग प्रतिस्पर्धा गर्न सक्ने हुन पनि निर्देशन दिनुभयो ।

शिक्षकले आफ्ना छोराछोरी सरकारी बिद्यालयमा अध्यापन गराउनका लागि निर्देशन दिदै उहाँले भन्नुभयो–‘मैले त मेरो नातीनीलाई सरकारी बिद्यालयमा भर्ना गरेको छु । अनी तपाईहरुलाई आफ्ना छोराछोरी नजिकका सरकारी बिद्यालयमा पढाउँदा के समस्या भयो ?’ शिक्षामा सुधार ल्याउनका लागि स्थानीय सरकारले सबै खालका सहयोग गर्न तयार रहेको वताउनुभयो ।

नयाँ बिद्यालय भवन समय अगावै सकेकोमा धन्यवाद समेत मेयर महतले दिनुभयो । हेटौंडाका ८४ वटा सामुदायिक बिद्यालयलाई एक आपसमा प्रतिस्पर्धि भएमा मात्र शिक्षामा गुणस्तरियता कायम गर्न सक्ने वताउँदै मेयर महतले भन्नुभयो–‘शिक्षाकले जागिर मात्र खाने भन्दा पनि अग्रेजी माध्यमबाट अध्यापन गराएर एक आपसमा प्रतिस्पर्धि वन्नुपर्छ ।’

बिद्यालय व्यावस्थापन समितिका सदस्य तथा हेटौंडा ५ का वडाअध्यक्ष राजेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय पून निर्माण प्राधिकरण अन्तरगतको डीएलपीआईयु (शिक्षा) मकवानपुरका प्रमुख बद्रीबहादुर पाठक, हेटौंडा उपमहानगरपालिका शिक्षा साखाका प्रमुख पूर्णबहादुर अक्षामी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ठ लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*