महिलाले रेस्टुरेण्टमा बच्चा जन्माइन्, जीवनभर खाना फ्री

जनपत्र
१३ भाद्र २०७६, शुक्रबार ०५:४९

हिजोआज धेरैजसो बच्चाहरुले अस्पतालमा जन्म लिन्छन् । तर, अमेरिकाको टेक्सासमा भने महिलाले रेस्टुरेण्टमा बच्चा जन्माएकी छिन् । उनले छोरीलाई जन्म दिएकी हुन् । यस घटनापछि अमेरिकाको प्रसिद्ध फुड चेन ‘चिक–फिल–ए’ले फेसबुकमार्फत भिडियो शेयर गर्दै भनेको छ– ‘हामी खाना मात्रै डेलिभर गर्दैनौं । बेबी डेलिभरमा पनि सहयोग गर्छौं ।’

सामाजिक सन्जालमा यो मसला भाइरल भइरहेको छ । रेस्टुरेण्ट परिवारले बच्चा र आमाको लागि शुभकामना माग्दै जीवनभर खाना फ्री गर्ने बताएको छ । साथै उमेर पुगेपछि यसै होटलमा जब समेत गर्न पाउने रेस्टुरेण्ट परिवारले जानकारी दिएको छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*