३१ सीडीओको सरुवा, मकवानपुरका तामाङ् धादिङमा

जनपत्र
१२ भाद्र २०७६, बिहीबार १९:५६

हेटौंडा । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ । गृहमन्त्रालयले सीडीयोहरुको सरुवा गर्दा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाइ भने धादिङ जिल्लामा सरुवा गरिएको छ । मकवानपुरमा एक वर्ष भन्दा बढी समय सुरक्षाको क्षेत्रमा महत्वपूर्ण काम गर्नु भएका तामाङलाई धादिङ जिल्लामा सरुवा गरिएको हो ।

मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार काठमाण्डाैलगायत विभिन्न जिल्लाका १७ प्रमुख जिल्ला अधिकारी, तीन कामु प्रजिअ, चार सहायक प्रजिअ र सात उपसचिव तथा सहसचिव गरी ३१ जनाको सरुवा गरेको हो ।

मन्त्रालयले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । काठमाण्डौमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ल्याइएको छ ।

धनकुटाका प्रजिअ सीताराम कार्कीलाई इलाम, काभ्रेपलाञ्चोकका प्रजिअ उदयबहादुर रानालाई झापा, बाँकेका प्रजिअ मदन भुजेललाई मोरङ्ग, बाराका प्रजिअ राजेश पौडेललाई  सुनसरीमा सरुवा गरिएको छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा विवरणअनुसार सुर्खेतका प्रजिअ फणीन्द्रमणि पोखरेललाई बारा, ललितपुरका प्रजिअ प्रेमराज जोशीलाई मकवानपुर, धादिङका प्रजिअ भागिरथ पाण्डेलाई ललितपुर, मकवानपुरका प्रजिअ आस्मान तामाङलाई धादिङमा सरुवा गरिएको छ ।

यस्तै मोरङका प्रजिअ रमेशकुमार केसीलाई कास्की, सप्तरीका प्रजिअ सुरेन्द्र पौडेललाई कारागार कार्यालय ललितपुर, जाजरकोटका प्रजिअ ललितकुमार बस्नेतलाई सहायक प्रजिअ पर्सा, बझाङका प्रजिअ सुरेश सुनारलाई मोरङ, रुकुम पूर्वका प्रजिअ वेदनिधि अधिकारीलाई कारागार व्यवस्थापन विभाग काठमाडौँ र मुस्ताङका प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई इलाका प्रशासन कार्यालय तुल्सीपुर दाङमा सरुवा गरिएको छ ।

मन्त्रालयका अनुसार इलामका कामु प्रजिअ श्रवणकुमार तिमिल्सिनालाई काभ्रे, महोत्तरीका कामु प्रजिअ उमेशकुमार ढकाललाई पाल्पा सरुवा गरिएको छ । चितवनका सहायक प्रजिअ जनकराज पन्तलाई जाजरकोटको प्रजिअ, बाँकेका सहायक प्रजिअ मोहनप्रसाद अर्याललाई रुकुम पूर्वको प्रजिअ, मोरङका सहायक प्रजिअ उमेश पाण्डेलाई बझाङको प्रजिअ र पर्साका सहायक प्रजिअ नेत्रप्रसाद शर्मालाई चितवनको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव महादेव पन्तलाई रुपन्देहीको प्रजिअ, वसन्त अधिकारीलाई सुर्खेतको प्रजिअ, दीर्घनारायण पौडेललाई काठमाण्डाैको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

कारागार कार्यालय सुनसरी झुम्काका सहसचिव डाक्टर कृष्णबहादुर घिमिरेलाई धनकुटाको कामु प्रजिअ, कारागार व्यवस्थापन विभाग काठमाण्डौका उपसचिव सुनिल खनाललाई सप्तरीको कामु प्रजिअ, गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीलाई महोत्तरीको कामु प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै कारागार कार्यालय नख्खु ललितपुरका उपसचिव वेदप्रसाद अर्याललाई  मुस्ताङको प्रजिअ र काठमाण्डौको प्रमुख अध्ययागमन अधिकृत कुमारबहादुर खड्कालाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*