मकवानपुरमा बिभीन्न घटनामा तीन जनाको मृत्यु

हेटौंडामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मकवानपुर गढीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो ।
जनपत्र
१२ भाद्र २०७६, बिहीबार ०६:४४

हेटौंडा । मकवानपुरमा बिभीन्न घटनामा गएराती तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडामा दुर्घटनामा दुईजना र मकवानपुर गढीमा चट्याङ् लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिनुभयो । तीनै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हेटौँडा ११ थानाभ¥ङमा अटोको ठक्करबाट घाईते पैदलयात्रीको मुत्यु भएको छ । मुत्यु हुनेमा हेटौँडा ११ नवलपुर बस्ने ५० बर्षीय नारायण लम्सालको ज्यान गएको प्रहरीले जनाएको छ ।

लम्साललाई बुधबार दिउसो नवलपुरबाट हेटौँडा बजार तर्फ आउदै गरेको ना २ ह १८९० नम्बरको अटोले ठक्कर दिएको थियो । लम्सालको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेजमा गएराती मुत्यु भएको उपरीक्षक सिंहले बताउनुभयो । ठक्कर दिने अटो र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

यसैगरी कान्तिलोकपथ सडक अन्तर्गत हेटौँडा ५ क्याम्पाडाँडा नजिक मोटरसाइकलले साईकललाई ठक्कर दिदा एक जनाको मुत्यु भएको छ । बुधबार साझँ हेटौँडा बजारबाट चौघडा तर्फ जादै गरेको प्रदेश नम्बर २–०३००१ प ९३९० नम्बरको मोटरसाईकलले चौघडाबाट हेटौंडा बजार तर्फ आउँदै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार एक जनाको मुत्यु भएको छ ।

मुत्यु हुनेमा मकवानपुर गढी ४ घर भई हेटौँडा ५ सानोपोखरा डेरा गरी बस्ने ४० बर्षीय सोमलाला घलान रहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । घलानको उपचारको क्रममा हेटौँडा अस्पतालमा राती मुत्यु भएको हो । घलानलाई ठक्कर दिन मोटरसकाईकल चालक हेटौँडा १८ का रोशन दुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बुधबार साँझ परेको चट्याङ लागेर मकवानपुर गढीमा एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर मकवानपुर गढी गाउँपालिका २ गढी कि ३० बर्षीया सुन्तली विकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विकलाई घरमै बसिरहेको अवस्थामा चटयाङ लागेको थियो । चट्याङलागेपछी उपचारका लागि हेटौंडा अस्पताल ल्याएपछी डाक्टरले मृत घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*