सेमिफाइनलअघि भारतीय कप्तानले भने– ‘न्युजिल्यान्डकाे कमजाेरी हामीलाई थाहा छ’

काठमाण्डाै – भारतीय क्रिकेट टिमका कप्तान राेहित शर्माले न्युजिल्यान्डकाे शक्ति र कमजाेरीकाे बारेमा आफ्नाे टिमलाई थाहा भएकाे बताएका छन् । सेमिफाइनल खेलअघि आज मङ्गलवार सञ्चारमाध्यमसँग कुरा गर्दै राेहितले यस्ताे बताएका हुन् ।
सेमिफाइनलमा भारतले भाेलि बुधवार दिउँसाे सवा २ बजे शुरु हुने खेलमा मुम्बईकाे वानखेडे स्टेडियममा न्युजिल्यान्डकाे सामना गर्दैछ । भारतीय टिम अहिलेसम्म प्रतियाेगितामा अपराजित छ र लिग राउन्डमा न्युजिल्यान्डलाई ४ विकेटले हराएकाे थियाे ।
धर्मशालामा भएकाे त्याे खेलमा न्युजिल्यान्डका कप्तान केन विलियमसन घाइते भएका कारण खेलेका थिएनन् । विलिमयसन मुम्बईमा हुने सेमिफाइनल खेल्नेछन् र उनले दुवै टिमसँग बराबर माैका भएकाे बताएका छन् ।
भारतीय कप्तान राेहित शर्माले न्युजिल्यान्ड सबैभन्दा अनुशासित टिम भएकाे बताउँदै भने, ‘न्युजिल्यान्ड निकै स्मार्ट तरिकाले खेल्छ । उसले हाम्राे धेरै खेलाडीसँग खेलेकाे छ । उसले हाम्राे मानसिकतालाई बुझ्छ । हामीलाई पनि थाहा छ, उनीहरू कसरी खेल्छन् भन्ने । उनीहरूकाे शक्ति र कमजाेरी हामीलाई थाहा छ ।’
‘हामीलाई याे हप्ताकाे महत्त्व थाहा छ । प्रतियाेगितामा हामीले जे गर्दै आइरहेका छाैँ, हामीलाई त्याेभन्दा केही नयाँ गर्ने आवश्यकता छैन’, राेहितले थपे ।