विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

जनपत्र
२२ कार्तिक २०८०, बुधबार १४:०३

काठमाण्डौ – भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो । यी दुई देशबीच कात्तिक ३० गते इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ ।

यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा समान ८/८ अङ्क रहेका यी टोलीमध्ये रनरेटका आधारमा न्युजिल्याण्ड चौथो, पाकिस्तान पाँचौँ र अफगानिस्तान छैटौँ स्थानमा छन् ।

यी तीन टोली मध्ये १० अङ्कमा पुग्ने र नेटरनरेटमा माथि रहने टोली शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्नेछ । सेमिफाइनल विजेता दुई टोलीबीच फाइनल खेल मंसीर ३ गते अहमदाबादमा हुनेछ । यसैबीच विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दैछन् । खेल दिउँसो सवा २ बजे शुरु हुने छ । दुवै टोली जारी विश्वकपको सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*