चीनमा कैदीहरुलाई पनि अनलाइन सपिङ

जनपत्र
११ भाद्र २०७६, बुधबार ०६:०२

पछिल्लो समय अनलाइनबाट सामान किन्ने ट्रेन्ड बढेको सबैलाई थाहा नै छ । यो ट्रेन्ड नेपालमा मात्र होइन, विश्वभर बढिरहेको छ ।

 

झन्, चीनमा त अनलाइन सपिङ गर्नेहरुको ट्रेन्ड निकै बढिसकेको छ । कतिसम्म भने चीनमा अब कैदीहरुले पनि अनलाइनबाट नै सामान किन्न पाउने भएका छन् । चीनको गुआङ्गडोङ्ग प्रान्तमा जेलमा रहेका कैदीहरुका लागि अनलाइन सपिङ सुरु भएको हो ।

यो अनलाइनबाट कैदीहरुले महिनाको ३ हजार रुपैयाँ बराबरको सामान खरिद गर्न पाउने बताइएको छ । यो अनलाइनमा उनीहरुको फ्रिन्गरप्रिन्टबाट एक्सेस गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*