संघिय सरकारद्वारा प्रदेश ३ सरकारलाइ १३ हजार पर्यटन सम्बद्ध उद्योग व्यवसाय हस्तान्तरण

जनपत्र
१० भाद्र २०७६, मंगलवार १९:११

हेटौंडा । संघिय सरकारद्वारा प्रदेश ३ सरकारलाइ १३ हजार ३ सय पर्यटन सम्बद्ध उद्योग व्यवसाय हस्तान्तरण गरिएको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा संघिय सरकारले प्रदेश ३ सरकार लगायत सबै प्रदेशलाई पर्यटन सम्बद्ध उद्योग व्यावसाय हस्तान्तरण गरेको हो ।

पर्यटन विभागले साविकमा आफू मातहत रहेका २२ हजार ३ सय ६४ पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा प्रदेशलाई हस्तान्तरण गरेको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका पर्यटन मन्त्रालयका सचिवहरुलाई अभिलेख हस्तान्तरण गरेका हुन् ।

पर्यटनसँग सम्बन्धित व्यवसायको काम प्रदेश तहमा हस्तान्तरण भएपछि अब साविकमा विभागले गर्दै आएको दर्ता, नविकरण, अनुगमन, मूल्यांकनजस्ता प्रशासकीय काम अब प्रदेश मातहत गएको छ ।

भिजिट नेपाल २०२० मूल आयोजक समितिको चौथो बैठकमा उपस्थित पर्यटन मन्त्री योगेश भट्टराई, मुख्यमन्त्रीहरु शेरधन राई र कर्णाली प्रदेशको मुख्यमन्त्री, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरु लगायत मूल आयोजक समितिका सदस्यहरु उपस्थित रहेका थिए ।

प्रदेश नम्बर ३ भित्र हालसम्म नेपाल सरकार मातहत रहेका पर्यटन सम्बद्ध उद्योग व्यवसायहरु प्रदेश सरकारलाइ हस्तान्तरण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हन् । मन्त्रालयका सचिव शिव कुमार वाग्ले र पर्यटन विभागका निर्देशक प्रदेशका उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्री अरुण नेपाल लाइ श्रेष्ता हस्तान्तरण गरिएको हो ।

श्रेस्ता हस्तान्तरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभयो । हालसम्म पर्यटन विभागले हेरिरहेको १३ हजार भन्दा बढी संख्याका उद्योग व्यवसायहरु अब ३ नंम्बर प्रदेश सरकारले असोज १ गतेबाट व्यवस्थापन गर्नेछ । प्रदेश ३ लाई ट्राभल एजेन्सी ३२३९ वटा, पर्यटन स्तरीय होटल ३११ वटा, होमस्टे ८१ वटा, र्याफ्टिङ एजेन्सी ७८ वटा, ट्रेकिङ एजेन्सी २४११ वटा, ट्रेकिङ गाइड ५१०७ वटा, टुरिष्ट गाइड १८४७ वटा, रिभर गाइड ८०, ट्रेकिङ भरिया गाइड ६७ वटा, पर्यटन यातायात सेवा ६७ वटा हस्तान्तरण गरेका हुन् ।

संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि छुट्याएको अधिकारक्षेत्र भित्रै रहेर साविकमा विभागले गर्दै आएका काम प्रदेश सरकारहरुसमक्ष हस्तान्तरण गरिएको महानिर्देशक घिमिरेले जानकारी दिए ।

यसरी हस्तान्तरण भएर गएका व्यवसायको काम १ असोजबाट कार्यान्वयन हुने भएको छ । प्रदेशमा यी अभिलेख अब उद्योग, पर्यटन, वन तथा वातावरण मातहत संचालन हुने छन् ।

विभागले आफू मातहत रहेका देशका विभिन्न ७ पर्यटन कार्यालयलाई प्रदेशमा हस्तान्तरण गरेको छ । विभागका अनुसार कार्यालयले प्रदेश मातहत रहि काम थालिसकेका छन् । कांकडभिट्टा (झापा), नाम्चे (सोलुखुम्बु), जनकपुर (धनुषा), विरजंज (पर्सा), भैरहवा (रुपन्देही), पोखरा (कास्की) र कोहलपुर (बाँके) बाट साविकमा भइरहेका काम प्रदेश तहमा हस्तान्तरण भएको विभागले जानकारी दिएको छ ।

पर्यटनका कुन कुन व्यवसाय प्रदेशमा पुगे ?

पर्यटकस्तरीय होटेल : ३६१

होमस्टे : ९२

र्‍याफ्टििङ एजेन्सी : ८५

ट्राभल एजेन्सी : ३२६२

ट्रेकिङ एजेन्सी : २४१७

रिभर गाइड : २१४

ट्रेकिङ पोटर गाइड : १७२

पर्यटन यातायात सेवा : ७९

ट्रेकिङ गाइड : १२९८१

टुरिष्ट गाइड : २७०१

अब प्रदेशबाट के के काम हुनेछ ?

  • ट्राभल एजेन्सी इजाजत पत्र जारी तथा नवीकरणलगायत कार्य
  • ट्रेकिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण लगायत कार्य
  • पर्यटक यातायात सेवा सञ्चालन इजाजत पत्र जारी तथा नवीकरण
  • र्‍याफ्टिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण
  • पर्यटक स्तरीय होटेल इजाजत पत्र जारी तथा नवीकरण
  • होमस्टे इजाजत पत्र जारी तथा नवीकरण
  • टूर गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, रिभर गाइडको इजाजत पत्र जारी र नविकरण

विभागको सहजीकरण

साविकमा विभागले गरिरहेको काम तल्लो तहमा जाँदा पर्यटनको विभागको कार्यबोझ निकै घटेको छ । विभागले आगामी दिनमा तल्ला सरकारहरुलाई आवश्यक सहयोग गर्नुका साथै नीतिगत काम र नियमनमा बढी ध्यान केन्द्रित गर्ने भएको छ ।

यसबाहेक पर्वतारोहणको अनुमति, ठूला होटेल/रिसोर्ट/क्यासिनोको दर्ता, नविकरणलगायतको काम पनि विभाग मातहत नै रहने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*