कश्मिरका विषयमा नेपाल नबोलेको भन्दै प्रदेश ३ संसदमा प्रश्न

हेटौंडाः प्रदेश सभाको वैठकमा भारत र पाकिस्तानको द्बन्द्बको कारण जम्मु काश्मिरमा तनाव भएको अवस्थामा नेपालले कुनै पनि प्रतिक्रिया नदेखाएको भन्दै कुरा उठेको छ। नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मंगलबार भएको विशेष समयमा बोल्दै विषय उठाएका हुन्।
नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्र राज गोसाँईले सोमबार नेपाल बोल्नुपर्ने धारणा राखेता पनि आज मंगलबार प्रदेश सभाकी अर्का सदस्य सिर्जना सायँजुले जम्मु कश्मिरको विषयमा भारतले हैकम जमाउन खोज्दै गएको आरोप लगाएकी छिन्। सांसद गोसाँईले सार्क राष्ट्रको अध्यक्षको हैसियतले नेपाल नबोल्दा मोदीको अनुयायी बन्न खाजेको आरोप लगाएकी हुन्। यस्तै नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्य काश्मिरको विषयमा सरकारले रवैया देखाएको बताएका छन्।
उनले सरकारमा बस्दा कम्युनिष्ट लम्पसारवादी भएको भन्दै ुपरराष्ट्र नीतिमा नजिकैबाट नियालेको भनेको के हो रुु प्रश्न गरेका थिए। नेकपाका सांसदहरूले भने नेपालले असंग्लन परराष्ट्र नीति अवलम्बन गरेको भन्दै तटस्थ बसेको र यो विषयमा संयुक्त राष्ट्र संघले बोल्ने भन्दै सरकारको बचाउ गरेका थिए। मंगलबार भएको वैठकमा नेकपा सांसद बसन्त मानन्धर, बजेट कार्यान्वयन पेचिलो ढंगले भइरहेको बताएका थिए। यस्तै नेपाली कांग्रेसका सांसद दिपेन्द्र श्रेष्ठले ुसामाजिक सुरक्षा किन लागु भएन रुु प्रदेश सभामार्फत संघीय सरकारलाई प्रश्न गरेका थिए।
प्रतिपक्षको कुर्सी जोक्करले नहत्याओस्
नेकपा सांसदहरूले प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई रचनात्मक सहयोगको साटो सडकका चटकेहरूको गफलाई विषय बनाएको भन्दै टिप्पणी गरेका छन्। नेकपा सांसद नारायण सिलवालले सडकका केही चटके र जोक्करले प्रतिपक्षको काम गर्न खाजेको भन्दै प्रतिपक्ष भूमिकाबारे टिप्पणी गरेका हुन्।
यस्तै नेकपाका प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीले डिजिटल रुपमा गरेका मन्त्रिपरिषद् वैठकको प्रशंसा समेत गरेका थिए। यस्तै आजकै वैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी बनेको विधेयक प्रतिवेदनसहित पास भएको छ। यस्तै प्रदेश सभा नियमावलीको पहिलो संशोधनको प्रतिवेदन पनि सभाबाट पास भएको छ। थाहाखवरबाट ।