जनताकर्मी रामकुमार एलन सम्मानित

काठमाडौं । जनता टेलिभिजनका प्रमुख समाचार सम्पादक रामकुमार एलन सम्मानित हुनुभएको छ । एलन २०७६ को ‘फेड्वासन वास टेलिभिजन पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुनुभएको हो । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको १७ औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
फेड्वासन वास पत्रकारिता पुरस्कारबाट टेलिभिजनतर्फ जनता टेलिभिजन, रेडियोतर्फ सिआइएनका राजन रुचाल, अनलाइनतर्फ लोकान्तर डटकमका गगन अर्याल र पत्रिकातर्फ कान्तिपुरका वसन्त प्रकाश सिंह पुरस्कृत हुनुभयाे ।
पुरस्कृत पत्रकारलाई सांसद आशा विकले पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभयो । महासंघका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी र सरसफाइ क्षेत्रमा आएको विधेयकले पानीका स्रोत पुनः प्रमाणीकरण गर्नु पर्ने भन्ने व्यवस्था व्यवहारिक नभएको बताउनुभयो ।