दक्षिण अफ्रिकाले दियाे न्युजिल्यान्डलाई ३ सय ५८ रनकाे लक्ष्य

जनपत्र
१५ कार्तिक २०८०, बुधबार १८:४४

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ३ सय ५८ रनकाे विशाल लक्ष्य दिएकाे छ ।

पुनेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनायाे । दक्षिण अफ्रिकाका क्विन्टन डी कक र रसी भान डेर डुसेनले शतक बनाए । डी कक १ सय १४ र डुसेन १ सय ३३ रन बनाएर आउट भए । यस्तै डेभिड मिलरले ५३ रन जाेडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए ।

दक्षिण अफ्रिका ६ खेलमा १० अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । न्युजिल्यान्ड उति नै खेलमा ८ अङ्कसहित तेस्राे स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*