गज्जबको जागिर : भित्री वस्त्र लगाएबापत ५० हजार तलब
भनिन्छ कुनैपनि काम तथा जागिर सजिलो हुँदैन र पैसा कमाउनका लागि मेहेनत त गर्नैपर्छ । तर हालै एउटा कम्पनीले यस्तो जागिरका लागि आवेदन खुलायो जसमा वास्तविक रुपमा कुनै कामै गर्न पर्दैन । यो जागिरमा एउटा काम भनेकै केवल भित्री वस्त्र लगाउनु हो ।
उसै पनि गज्जब गज्जबका ब्राण्डेड भिस्त्री वस्त्रहरु सित्तैमा लगाउनु पाउनु र लगाइदिएबापत मोटो रकम तलब पाउने जागिर जो कोहीले कल्पना पनि गर्न सक्दैन । तर स्विमवेयर तथा भित्री वस्त्र उत्पादक कम्पनी पोर मोइले यही जागिरका लागि उपयुक्त उम्मेदवारको खोजी गरिरहेको छ ।
यो हेमन्त ऋतुका लागि कम्पनीले कोजी कोअर्डिनेटर पदका लागि विज्ञापन खुलाएको छ । यो पदका लागि आवेदन गर्न चाहनेले केही योग्यता पूरा गर्नुपर्नेछ र उसका केही परिभाषित कामहरु हुनेछन् ।
उम्मेदवारको लागि चाहिने योग्यताहरुमा उसलाई हेमन्त ऋतुको मौसम मन पर्नु पर्छ । साथै कम्पनीले उत्पादन गरेका भित्री वस्त्रहरु आफैले लगाएर त्यसको गुणस्तर र आरामदायीपना परीक्षण गर्नुपर्दछ ।







