अन्तरिक्षमा प्रजनन सम्भव !

जनपत्र
१४ कार्तिक २०८०, मंगलवार ०६:५५

जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन्। वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्य रूपमा भ्रूणको विकास भएको छ र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुन सक्ने संकेत दिएको छ।

यामानासी विश्वविद्यालयको एड्भान्स्ड बायोटेक्नोलोजी सेन्टरका प्राध्यापक तेरुहिको वाकायामा र जापान एयरोस्पेस स्पेस एजेन्सी (जेएएक्सए) को एउटा टिमसहितको अन्वेषकहरूले सन् २०२१ अगस्टमा एउटा रकेटमा जमेको मुसाको भ्रूणलाई आईएसएसमा पठाएका थिए। अन्तरिक्ष यात्रीहरूले सोही उद्देश्यले डिजाइन गरिएको विशेष उपकरणको प्रयोगले प्रारम्भिक चरणमा भ्रूणहरूलाई पगाले र तिनीहरूलाई चार दिनसम्म स्टेसनमा विकसित गरे।

शनिबार वैज्ञानिक पत्रिका आइसाइन्समा अनलाइन प्रकाशित एक अध्ययनमा अन्वेषकहरूले भनेका छन्, ‘प्रयोगबाट के स्पष्ट भएको छ भने भ्रूणको विकासमा गुरुत्वाकर्षणको कुनै उल्लेखनीय असर थिएन।’ उनीहरूले पृथ्वीमा प्रयोगशालामा फिर्ता पठाइएको ब्लास्टोसिस्टको विश्लेषण गरेपछि डीएनए र जिनको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन नभएको पनि बताएका छन्।  – (रासस/एएफपी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*