सलमान र आलियाको फिल्मको निर्माण अगावै रेकर्ड

जनपत्र
१० भाद्र २०७६, मंगलवार ०६:१९

निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इन्शाअल्लाह’ केही दिनयता निकै चर्चामा छ । अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्ट चाँडै यो फिल्मको छायांकनमा व्यस्त हुँदैछन् । प्राप्त जानकारी अनुसार, फिल्मको एक गीत मुम्बईको स्टूडियोमा छायांकन भइसकेको छ । अब खबर यो छ कि फिल्मको थिएटर राइट्स पेन इन्टरटेन्मेन्टले निकै महँगो मुल्यमा किनेको छ ।
स्टार कास्टसँगै विभिन्न कारणले चर्चामा रहेको फिल्मको राइट्स १ सय ९० करोड भारुमा निर्माण अगावै बिक्री भएको जानकारी प्राप्त छ । यद्यपि, अहिलेसम्म यस विषयमा आधिकारिक बयान आएको छैन । यसको डिजिटल र सेटेलाइट राइट्स पनि निकै महँगो मुल्यमा बिक्री हुने आँकलन गरिएको छ । मुम्बईसँगै यो फिल्मको छायांकन वाराणसी, हरिद्वार र अमेरिकामा पनि हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*