नेपाली टिम डीआरएस गेमिङले पब्जी विश्वकप खेल्ने
नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ खेल्ने भएको छ । पब्जी मोबाइलले आफ्नो फेसबुक पेज ‘पब्जी मोबाइल ई-स्पोर्ट्स’मा पोस्ट गर्दै नेपाली टिम ‘डीआरएस गेमिङ’ सहित युरोप क्षेत्रको टिम ‘जी ग्लाडिएटर्स’ले पब्जी विश्वकप खेल्ने जानकारी दिएको हो ।
उक्त पोस्टमा यि दुई टिमबाट राम्रो प्रदर्शन भइरहेकाले विशेष आमन्त्रण (Special Invite) गरिएको भनिएको छ । डीआरएस गेमिङले अब नोभेम्बर २ देखि डिसेम्बर १० सम्म चल्ने पब्जी विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । डीआरएस गेमिङले पब्जी विश्वकपको लिग स्टेजबाट आफ्नो यात्रा सुरु गर्नेछ । यसभन्दा अघिको पब्जी विश्वकप अर्थात पीएमजीसी २०२२ मा ‘डीआरएस गेमिङ’ दोस्रो स्थानमा रहन सफल भएको थियो ।







