नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

जनपत्र
६ कार्तिक २०८०, सोमबार १२:५२

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ /४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९,  अल नासिर ९  र मोहम्मद वासिम ८ रन बनाएर आउट भए ।

निलान्स केश्वानी ८ र  अकिफ राजा ५ रनमा अविजित रहे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*