प्रदेशको स्थायी राजधानी टुंग्याउन सत्ता र प्रतिपक्षका सांसदको माग

हेटौंडा । प्रदेश ३ संसद गठन भएको १८ महिना बिति सक्दा पनि स्थायी राजधानी र नामाकरण नटुङ्गीएको भन्दै आजको संसद बैठमा पनि सांसदहरुले छिटो तोक्न माग गरेका छन् । प्रदेश ३ मा नेकपाको दुईतिहाइ सांसद छन् । तर, राजधानी र नामाकरण टुङ्गो लगाउनका लागि सांसदहरुले माग गर्छन् । तर, सभामुख सानुकुमार श्रेष्ठ र मुख्यमन्त्री डोरमणि पौडेल भने केन्द्रका नेताको मुख ताक्दा तोक्न नसकिएको हो ।
प्रदेश सभा वैठकमा प्रदेशको स्थायी राजधानी छिट्टै तोकिनुपर्ने माग उठेको छ ।
सोमबार भएको प्रदेश सभाको वैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदले स्थायी राजधानीको लागि संसदमा विषय प्रवेश गराउन ढिलाई गरेको भन्दै आवाज उठाएका हुन् । नेकपा प्रदेश ३ की इन्चार्ज समेत रहेकी प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यले सरकारले स्थायी राजधानी चाँडै टुंग्याउनु पर्ने माग गरेकी हुन्। उनले जनताले प्रदेश सांसदले केही काम नै गर्न नसकेको भनेर टिप्पणी समेत हुन सुरु भइसकेको भन्दै सांसदको भूमिका देखिने गरी काम गर्न सरकारलाई सुझाव पनि दिएकी हुन्। प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न प्रदेशका शिर्ष नेताहरुनै माग गर्ने तर, टुङ्गो लगाउन भने ध्यान नदिने गरेको आरोप अरु सांसदहरुले लगाएका छन् ।
संसदमा शुन्य समयको अभ्यास भएता पनि अझै प्रभावकारी ढंगले हुनुपर्ने बताइन्। सरकारले सक्रियाता बढाउनुपर्ने भन्दै बजेट कार्यान्वयनको लागि सरकार गम्भीर बन्नुपर्ने पनि टिप्पणी गरेकी हुन्। यस्तै नेपाली कांग्रेसकी सांसद विजुला वर्मा राणाले हाम्रो राजधानी खैरु भन्दै प्रदेश सरकारलाई प्रश्न गरेकी छिन्। उनले सुशासन कुन चराको नाम हो भन्दै सरकारले सुशासन ल्याउन नसकेको आरोप लगाएकी छिन्। नेकपाकै सांसद चन्द्रकुमार लामाले सांसदले उठाएको विषय सरकारले गम्भीर रुपमा नहेरेको भन्दै संविधानमा दिएको राजधानीसम्बन्धी अधिकारबाट प्रदेशसभा सदस्यलाई वञ्चित गरेको पनि बताए। नेकपाकी अर्का सांसद वेलीमाया घलेले प्रश्न गर्दै स्थायी राजधानी नहुँदा जनताको प्रश्नको सामना गर्नै गाह्रो भइसकेको बताएकी छिन्।
सांसद रत्न ढकालले राजधानी विषयलाई प्रवेश नगरेको भन्दै हाउसको मर्यादा राख्न सरकारसँग आग्रह गरेका छन्। अर्का सांसद लक्ष्मण लम्सालले पनि राजधानी संविधानले दिएको अधिकार प्रयोग गर्न नसक्दा संघीयता धरापमा पर्न सक्ने भन्दै प्रदेश सभा सदस्यलाई संविधान दिएको अधिकार प्रयोग गर्न दिनुपर्ने माग राखेका थिए। प्रदेश सभाको आजको वैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले स्थायी राजधानीको विषयमा संसदमा कुरा उठाएका थिए।
सडकको अराजकताले होइन, कानुन अनुसारले छानविन माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले आज पनि प्रदेश ३ को संसद वैठकमा प्रवेश पाएको छ। प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले संविधानअन्तर्गत रहेर प्रहरी र न्यायालयले छानविन गर्दा सडकमा अराजकता देखाउनु मुर्खता रहेको बताएका हुन्। यस्तै अर्का सांसद हिरानाथ खतिवडाले सडकको अराजक भीडले न्यायालयलाई चुनौती दिनु गलत रहेको बताएका छन्। यस्तै सांसद रमेश पौड्यालले राज्यले चितवनको सडका आतंक मच्चाएको भन्दै जनतालाई राज्य प्रतिको विश्वास घट्दै गएको बताए। सांसदले सरकारलाई डेंगू नियन्त्रण, प्राकृतिक प्रकोप पीडितलाई राहत तथा पुनस्थापना, तीजलाई व्यवस्थित बनाउने कुराप्रति ध्यानाकर्षण पनि गराएका थिए। आजकै प्रदेश सभा वैठकमा ४ वटा विधेयकमाथि सैद्धान्तिक छलफल पनि भएको थियो।