संम्वन्ध विच्छेद घट्नाले परेका पारिवारीक र सामाजिक असर

भगवती पुणासैनी
९ भाद्र २०७६, सोमबार १६:०७

समन्वय, सहकार्य र सहअस्तीत्व भनेको राज्य प्रणालीमा मात्र हैन परिवार र व्याक्तिगत जिवनमा पनि अती आवश्यक रहेछ । जब एकले अर्कालाई विश्वास गर्न सक्दैन, सहज रुपले स्वीकार्न सक्दैन त्याहाँ बाटै अस्तीत्वको लडाई सुरु हुन्छ । भित्रभीत्रै समन्वय र सहमतीको अभाव खड्कीको हुन्छ । दाम्पत्य जिवनमा पनि आईपर्ने सानो तिनो कुरालाइ समयमै व्यवस्थापन गर्न नसक्दा यो झाँङ्गिएर ठुलो रुप लिएको हुन्छ ।

उनिहरुको बिचमा घरपरिवारले बुझेर समयमै सहजिकरणको भूमिका निभाउन सकेन भने यसको असर व्याक्ति हुदै परिवार, समाज र राज्यले नै भोग्न परेको हुन्छ । हेर्दा सामान्य लाग्ला कानुनले व्यवस्था गरेको कुरा नागरीकले अधिकारको रुपमा उपभोग गर्नु । तर यसको गहिराई विसाल छ । पिडादायी र दर्दनाक हुन्छ । जसले पारिवारीक र सामाजिक विचलन ल्याई रहेको छ ।

सम्वन्ध बिच्छेदले बालबालिकामा असर

अझै यस्को प्रत्यक्ष मारमा पर्ने तिनका ती अवोध संन्तानहरु । जस्ले बाबु आमा यो पृथ्वीमा खुट्टा टेकेर हिंड्दा हिड्दै टुहुरा बन्न वाध्य छन् । ती संन्तानको लालन पालन, शिक्षा स्वास्थ जस्ता संम्वेदनशिल कुरा सबै अस्तव्यस्त भै उनिहरुको आमा बाबु संग बस्न पाउने नैसर्गिक अधिकार नै खतम भएपछि त्यस्ता संन्तान जो सडकमा आईपुग्ने व्यध्यात्मक अवस्थालाई मनन् गर्न जररुरी छ । एउटा संन्तानका लागी उसको सबैभन्दा नजिकको नाता भनेको रगतकै नाता हो । यदी त्यो रगतको नाता ,जन्मदाताहरु संग टाढीएर अरुको भरोसामा बाच्न पर्दाको पिडा हामीले कागजमा लेखेर व्यक्तगर्न सक्दैनौ कयौं बालबालिका यो भोग्न वाध्य छन् ।

घट्ना बढ्दो छ पहिलाको सामाजिक,साँस्कृतीक परिवेश अनुसार महिला माथि धेरै अन्याय हुने गरेको थियो । पारिवारीक र सामाजिक विभेद सहन नसक्दा धेरैले आत्महत्या गर्नु परेको तितो यथार्थलाई मनन् गर्दै घरमा बस्न नसक्ने अवस्था आएमा महिलाले छोड्न चाहेमा अदालतले सजिलै संम्वन्ध विच्छेद गराउने र पुरुषलाई त्यो कानुनी व्यवस्था सहज थिएन । यस्तो महिलामुखी कानुनी व्यवस्थाको केही महिलाहरु बाटै दुर्पयोग भयो र पुरुषहरु पिडीत हुनथाले भन्दै समुदायमा यस्ता आवाज प्रसस्तै सुनिन थाल्यो फलस्वरुप राज्यले पनि ।

पिडीत पुरुषलाई पनी न्याय

पहिलाको कानुन महिला लक्षित भयो र केही पिडीत पुरुषहरुले पनी न्यायको आभास लिन नसकेको कुरालाई मनन् गर्दै अहिले राज्यले मुलुकी देवानी (संहिता) ऐन २०७४ महिला पुरुष दुबैलाई सजिलो हुने गरी ल्याएको छ । अहिले महिलाले श्रीमन छोड्न चाहदा मात्र हैन पुरुषले श्रीमती छोड्न चाहेमा पनी सजिलै ढोका खुल्ने गरी यो मुलुकी देवानी कार्यविधी (सहित ) २०७५ भदौ १ देखी कार्यन्वयनमा आएपछि केही पुरुषहरुले आफुलाई निकै सजिलो भएको र ठुलै अधिकार प्राप्त गरेको महसुस पनी गरेका छन् । सुनिन्छ अहिले अदालतमा महिलाले भन्दा पुरुषले नै धेरै संम्वन्ध विच्छेदका निवेदन पेश गरिरहेका छन् । यो घट्नाले सिधा सोझा महिलाहरु निकै पिडामा परेका छन भने बालबालिकाको भविष्य माथी निकै लापर्वाही र गैरजिम्मेवारी भैरहेको देखिन्छ ।

यस्तै कुरालाई मनन् गर्दै भरखरै भारत सरकारले समयमै होस पु¥याएको हुनसक्छ । तिन पटक तलाक,तलाक, तलाक भनेपछि स्वत संम्वन्ध विच्छेद हुने धार्मिक वा सामाजिक कुचलनलाई रोक्न कानुनी व्यवस्था गर्नलागेको कुरा संचार माध्याम द्धारा सुन्दा खुसी लाग्यो । विदेश गएका श्रीमानहरुले पनि फोन सम्पर्क द्धारा नै संम्वन्ध विच्छेदगर्न थालेका तितो घट्नाहरु मिडीयद्धाराा बाहिर आउन थालेपछि महिला अधिकार तथा सामाजिक न्यायको पक्षमा कानुनी व्यवस्था मिलाउँदै छ भन्ने बुझिन्छ । हामीले हाम्रो कानुन खुकुलो बनाउँदै त छैनौ ? यसको परिणम नकारात्मक नबनोस । महिला हुन वा पुरुष पिडीतले न्याय र पिडकले सजाँय पाउनै पर्छ । एकलाई अधिकार दिलाउदा अनेकले पिडा भोग्न र जोखिम व्यहोर्न नपरोस । जो बालबालिकाको लागी आमा र बाबु दुबैको काखको न्यानो माया उसको जन्मसिद्ध अधिकार हो त्यो हनन् नहोस ।

समुदायमा प्रसस्तै घट्नाहरु देखेका छौ । कोही अति संवेदनशिल अवस्थामा छन् जो कानुनी प्रकृया नबुझेर न्यायको पहँुचमा पुग्नै सकेका हुदैनन् । कोही यस्तो भेटिन्छ समझदारीमा हुने कुरालाई तिललाई पहाड बनाएर घरपरिवार तहस नहस भएको पत्तै पाएका हुदैनन् । यती सम्मकी आफ्नो अधिकारको लडाईमा श्रीमान श्रीमती दुबैले सबै विर्सेर जित हात लगाउने दाउमा छोराछोरी, घरपरिवार, समाज सबैलाई कुल्चेर अगाडी बढेको देखिन्छ । कुरा ठुलो हुदैन सानो कुरामा आपसी मनोभावना बुझ्न नसक्दा फटेका मनहरुलाई सिलाउन र टाल्न सक्दैनन् । अधिकारको खोजिमा कर्तव्यलाई विर्षदा पनि यि गतीविधि भैरहेको बुझिन्छ । यसको नतीजा राम्रो नआउन सक्छ । त्यसैले अधिकार खोज्नेले परिवारीक र सामाजिक दायित्व पनि भुल्न हुदैन भन्ने लाग्छ ।

मुलुकी देवानी कार्यविधी (सहित ) २०७५ भदौ १ देखी कार्यन्वयनमा आउँनु भनेको समाजलाई उदो बाटो धकेल्नु र परिवारमा विखण्डन ल्याउँनु हुदै हैन । अधिकाँस महिला हिंसका शिकार भैरहदा केही पुरुषहरु पनि प्रभावित भएकै हुन जस्ले न्यायको पहँुचमा पुग्न सकुन र कसैले यो सहिंताको दुर्पयोग गरेर कसैलाई दुखदिने कुचेष्टा नगरुन भन्ने नै हो । हामीले समाजमा विचलन आएको हैन स्वहर्दता र शान्ती छाएको हेर्न चाहेका छौं । लेखक भगवती पुणासैनी जिल्ला समन्वय समिति मकवानपुरको उपप्रमुख हुनुहुन्छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*