इजरायल हमास युद्धमा प्रयोग भइरहेका १२ हतियार !

गत शनिबार गाजास्थित हमास विद्रोहीले इजरायलमा गरेको अप्रत्याशित आक्रमणसँगै इजरायलले घातक प्रत्याक्रमण गरिरहेको छ । इजरायल र हमास बीचको जारी युद्धमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् ।
युद्धमा विभिन्न खाले खतरनाक तथा घातक हतियारहरु प्रयोग भैरहेका छन् । त्यहाँ प्रयोग भैरहेका उल्लेखनीय १२ हतियार यस्ता छन् :
१. कार्लो सबमेसिन गन : यो प्यालेस्टाइनमा निर्मित सबमेसिन गन हो । यसको डिजाइन स्वीडेनको कार्ल गुस्ताब एम ४५ बाट प्रेरित छ ।
यो हतियारको प्रयोग हाल हमासले अत्यधिक रुपमा गरिरहेको छ । यसमा विभिन्न खालका गोली लगाएर प्रहार गर्न सकिन्छ वा गोलीको प्रकारको हिसाबले यसलाई मिलाउन सकिन्छ । सन् २०१६देखि अहिलेसम्म ६८ वटा आक्रमणमा हमासले यो हतियारको प्रयोग गरेको छ ।
२. अबाबील ड्रोन : यो ड्रोन सबैभन्दा पहिले इरानले बनाएको थियो । हमाससँग यसको पहिलो भेरिएन्ट नै रहेको छ जसको प्रयोग उसले निगरानीका साथै आक्रमण गर्नका लागि समेत गर्ने गरेको छ । यो लामो दूरीको सस्तो ड्रोन हो जसलाई थोरै खर्चमा घरमै पनि बनाउन सकिन्छ । अबाबील ड्रोन एउटा आत्मघाती ड्रोन हो ।
३. al quads रकेट : यो प्यालेस्टाइनको इस्लामिक जेहाद नामको विद्रोही संगठनले बनाएको घरेलु हतियार हो । यो धेरै हदसम्म हमासको Quassam रकेटसँग मिल्दोजुल्दो छ । यो मिसाइलको लम्बाई २.३ मिटर हुन्छ । गाजापट्टीबाट यो मिसाइल प्रहार हुँदा त्यसले इजरायलका विभिन्न सहरमा धावा बोल्न सक्दछ ।४. क्वास्सम रकेट : यो हमासले स्टीलका पाइपबाट बनाएको रकेट हो । हमासको इज अददीन अल कासम ब्रिगेडले त्तबककबm रकेट बनाएको हो ।यसको वजन ३५ केजी देखि ५० केजी हुन्छ भने लम्बाई १८० सेमी देखि २४४ सेमी सम्म हुन्छ ।५. Yasin RPG : यो हमासले बनाएको स्वदेशी एन्टी ट्यांक रकेट प्रोपेल्ड ग्रिनेड हो । यसको प्रयोग हमासले सन् २००४ देखि गर्दै आएको छ । यसको वजन ७ केजी छ भने लम्बाई ३७ इन्च छ । यसलाई एक वा दुईजनाले सजिलैसँग चलाउन सकिन्छ ।
६. lA Bana RPG : काँधमा राखेर चलाउने यो एक रकेट लन्चर हो । यसलाई राफाहस्थित सुरुङको माध्यमबाट गाजापट्टीमा ल्याइन्छ वा त्यहीँ नै तयार गरिन्छ । यसको दोश्रो रुप अल बतर आरपिजी पनि रहेको छ ।
७. कंकर्स एन्टी ट्यांक गाइडेड मिसाइल : यसलाई काँध, ट्राइपोड, ट्यांक वा बिएमपी गाडीमा तैनाथ गरेर समेत प्रहार गर्न सकिन्छ । सन् १९७० मा यसको डिजाइन गरिएको हो । यसको मिसाइलको वजन १४.६केजी हुन्छ भने लन्चिंग पोस्टको वजन २२.५ केजी हुन्छ ।