एमाले मनहरी गाउँपालिका कमिटीद्वारा चार्डपर्बको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान

जनपत्र
१ कार्तिक २०८०, बुधबार १८:२२

हेटौंडा । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको आयोजना आज आउँदै गरेको चार्डपर्ब, दशै, तिहार, नेपाल सम्वत र छटपर्बका अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको छ । एमाले मनहरीका अध्यक्ष नविन सुवेदीको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

पौडेलले आजै पिङको समेत उद्घाटन् गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका नेता एकराज उप्रेती लगायतकाले शुभकामना व्यक्त गर्नु भएको थियो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बिभीन्न राजनैतिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, बिभिन्न सामजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको एमाले मनहरीका अध्यक्ष सुवेदीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*