सिनेमाघर एपमा ‘जारी’ रिलिज, शुल्क २ सय

जनपत्र
२९ आश्विन २०८०, सोमबार ०६:०५

कवि उपेन्द्र सुब्बाको डेब्यू निर्देशित सुपरहिट फिल्म ‘जारी’ डिजिटल रिलिज भएको छ । नेपालको ‘नम्बर वान’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा दशैंको छेको पारेर घटस्थापनाबाट फिल्मलाई रिलिज गरिएको हो । हलमा सफल भएपछि एपमा यो फिल्मको सर्वाधिक डिमान्ड थियो । २ सय रुपैयाँ शुल्क राखिएको फिल्मलाई सिनेक्वाइन प्रयोग गरेर निःशुल्क पनि हेर्न पाइने व्यवस्था छ ।

लिम्बु समुदायमा प्रचलित जारी प्रथालाई मियो बनाएर प्रेमकथा वाचन गरिएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ लगायतको अभिनय रहेको छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्मले घरेलू बक्स अफिसमा १७ करोडमाथिको कमाई गरेको थियो ।

हरेक प्रकारका स्मार्ट डिभाइसमा सिनेमाघर एप उपलब्ध छ । एपमा रहेका फिल्महरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ भने गुगल प्लेबाट पेमेन्ट पनि गर्न सकिन्छ । यसअघि उक्त एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष’, ‘रातो टीका निधारमा’, ‘तिमीसँग’ जस्ता फिल्महरु रिलिज भएर राम्रो कमाई गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*