कात्तिक ७ देखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, कतै तपाईँको त परेन ?

आगामी कात्तिक ७ (अक्टोबर २४) देखि केही पुराना एन्ड्रोइड तथा आईफोन माेडेलमा ह्वाट्सएप नचल्ने भएको छ । ह्वाट्सएपले आफ्नो ‘हेल्प सेन्टर’मा यसबारे लेख्दै जानकारी दिएको हो ।
आफूले पछिल्लो अपरेटिङ सिस्टम प्रयोग गर्ने प्रयोगकर्ताका लागि नयाँ फिचर विकास गर्नुपर्ने बताउँदै ह्वाट्सएपले एन्ड्रोइड ओएस ४.१ र आईओएस ११ भन्दा पुराना फोनहरूमा ह्वाट्सएप बन्द गर्ने जनाएको छ ।
त्यस्तै नवीनतम् प्रविधिमा थप सुरक्षाका मापदण्डहरू हुने र तिनको फाइदा लिनु पर्ने भएकाले पनि आफूले पुरानो अपरेटिङ सिस्टममा एप बन्द गर्न लागेको ह्वाट्सएपकाे भनाइ छ ।
यद्यपि सपोर्ट बन्द गर्नुअघि कम्पनीले ती फोन प्रयोगकर्तालाई यसबारे सूचित गर्नेछ । त्यसपछि भने ह्वाट्सएपका डेभलपरले ती डिभाइसमा प्राविधिक सहयोग तथा अपडेट पठाउन छाड्नेछन् । त्यसो हुँदा डिभाइसको अपरेटिङ सिस्टमले नयाँ अपडेट, नयाँ फिचर तथा समाधान गरिएका बगहरूको अपडेट पाउने छैनन् ।
यदि तपाईंसँग पनि तल उल्लेखित फोनहरू छ भने तिनमा आगामी कात्तिक ७ देखि ह्वाट्सएप चल्ने छैनन्: