विश्वका शीर्ष साइबर सुरक्षा प्रदायकको सूचीमा नेपालका दुई कम्पनी

जनपत्र
२२ आश्विन २०८०, सोमबार ११:१९

विश्वभर साइबर सुरक्षा प्रदायक कम्पनीको मूल्याङ्कन गर्दै आएको संस्था एमएसएसपी अलर्टले २०२३ का शीर्ष २५० साइबर सुरक्षा प्रदायक कम्पनीको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट दुई कम्पनी क्रिप्टोजेन नेपाल र ग्रिन टिक नेपाल पर्न सफल भएका छन् ।

यसअन्तर्गत क्रिप्टोजेन नेपाल शीर्ष १६३ औं र ग्रिन टिक नेपाल शीर्ष २४७ औं स्थानमा रहेका छन् ।

एमएसएसपी अर्लटले विश्वभर उत्कृष्ट साइबर सुरक्षा सेवा प्रदान गर्दै आएका कम्पनीको गतिविधि, प्रगति, व्यापार वृद्धि दर, वार्षिक आम्दानी, उनीहरूले पारेको प्रभाव आदिका बारेमा मूल्याङ्कन गरी वर्षेनि रिपोर्ट प्रकाशन गर्दै आएको छ ।

सोही मूल्याङ्कनका आधारमा संस्थाले विश्वका उत्कृष्ट २५० कम्पनी छनोट गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*