प्रदेश लोक सेवा बिधेयक पेस, यातायात ऐन कार्यान्वयनमा नआई संशोधनका लागि संसदमा

जनपत्र
८ भाद्र २०७६, आईतवार १६:२९

हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेश सभाको आजको बैठकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य, अधिकार र कार्यबिधिका सम्वन्धमा व्यावस्था गर्न वनेको बिधेयक पेश गर्नु भएको छ । दुई महिनापछी आजबाट सुरु भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पौडेलले बिधेय पेस गरेसंगै प्रदेश स्तरमा पनि लोकसेवा आयोगको गठन गरेर काम गर्ने वाटो खुल्न लागेको हो । अझै पनि प्रदेशका स्थानीय तहमा कर्मचारी अभाव भईरहेको समयमा प्रदेश लोकसेवा आयोगको गठनपछी कर्मचारी भर्ना गर्ने बाटो खुल्ने छ ।

त्यसैगरी मुख्यमन्त्री पौडेलले आजको संसद बैठकमा ‘प्रदेश सवारी तथा यातायात व्यावस्था ऐन, २०७५ लाई संशोधन गर्न वनेको बिधेयक’ पेश गर्नु भएको छ । यसअघि पास गरिएको ऐन साउन २१ गतेबाट कार्यान्वयनमा ल्याउने भनेपनि प्रदेश सरकारले कार्यान्वयनमा ल्याउन नसकेपछी फेरी संशोधन गरेर संसदमा पेश गरिएको हो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले ‘प्रदेश सभा सचिवालय सम्वन्धमा व्यावस्था गर्न वनेको ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्नु भएको छ । यस ऐनमा राजनीतिक नियुक्ती गरिएका कर्मचारीलाई पनि अरु कर्मचारी सरह अधिकार दिन खोजीएको छ । राजनीतिक नियुक्ती गरिएका कर्मचारीलाई पनि आर्थिक अधिकार समेत दिने गरी ऐन संशोधन गर्न लागिएको बुझिएको छ । आजको बैठकमा ‘सार्वजनिक नीजि साझेदारी सम्वन्धमा व्यावस्थ ागर्न वनेको बिधेयक’पेश गरिएको छ ।

यसैगरी नियमावली संसोधन मस्यौदा समितिका संयोजक रामेश्वर फुयालले पेस गर्नु भएको ‘प्रदेश सभा नियमावली २०७४ लाई संशोधन गर्न वनेको प्रदेश सभा नियमावली २०७६ को मस्यौदा पेस गर्नुभएको छ । यसैगरी आजको बैठकमा शिक्षा, स्वास्थ्य, कृषिसमितिका सभापति घनश्याम दाहालले ‘मदनकुमार मण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सम्वन्धमा व्यावस्था गर्न वनेको बिधेयक’ को सम्वन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन सहितको बिधेयक पेश गर्नु भएको छ ।

यसैगरी आजको संसद बैठकमा प्रदेश मामिला समितिका सभापति माधव प्रसनद पौडेलले पेस गर्नु भएका े‘प्रदेश सूचनाको हकको सम्वन्धमा व्यावस्था गर्न वनेको बिधेयक’को सम्वन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन सहितको बिधेयक पेश गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*