मकवानपुरका दश वटै स्थानीय तहमा अध्यक्ष र सचिव तोकियो

नेकपा मकवानपुर पार्टी हाक्ने सात जनाको जिल्ला कार्यालय टिम छनौट, पुराना पदाधिकारीलाई प्राथमिकता ।
जनपत्र
८ भाद्र २०७६, आईतवार १०:५६

हेटौंडा । नेकपा मकवानपुरको आज बिहान सम्पन्न जिल्ला सचिवालय बैठकले स्थानीय तहमा अध्यक्ष र सचिव तोकेको छ । त्यसैगरी नेकपा मकवानपुर पार्टी हाक्ने सात जनाको जिल्ला कार्यालय टिम छनौट गरिएको छ । जिल्ला कार्यालय टिममा पुराना पदाधिकारीलाई प्राथमिकता दिइएको छ । पार्टी एकिकरण भएपछी मकवानपुरका स्थानीय तहले पनि पार्टीमा अध्यक्ष र सचिव प्राप्त गरेका हुन् ।

पार्टीका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपाको हेटौंडा उपमहानगरपालिका कमिटिको अध्यक्षमा रघु आचार्य र सचिवमा तिर्थ बहादुर थापालाई चयन गरेको छ । यसैगरी थाहा नगरपालिकाको अध्यक्षमा अध्यक्षमा अरुण रायमाझि र सचिवमा सानोकाजी गोपाली चयन गरेको छ ।

सचिवालय बैठकले नेकपा बागमती गाउँपालिकाको अध्यक्षमा अरुण बल, सचिवमा उत्तम पौडेल चयन गरेको छ । बकैयाँ गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद तिमल्सीना, सचिवमा भक्तबहादुर खत्री, मकवानपुर गढी गाउँपालिकामा अध्यक्ष रामजी प्रसाद सापकोटा र सचिबमा राजकुमार खड्का चयन गरेको छ ।

भिमफेदी गाउँपालिकामा अध्यक्ष सानु थापा र सचिवमा दिपक गोले, इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष ऋसी पुणासैनी र सचिबमा ब्रिजु पदम लामा चयन हुनु भएको छ । बैलास गाउँपालिकामा अध्यक्ष बुद्धीबहादुर मोक्तान र सचिवमा लालसिंह गुरुङ, राक्सीराङमा अध्यक्ष हस्तबहादुर मोक्तान र सचिवमा ओमबहादुर स्याङतान, मनहरीमा अध्यक्षमा रामप्रसाद कालाखेती र सचिवमा हेमलाल उप्रेतीलाई चयन गरेको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले बताउनुभयो ।

आजकै सचिवालय बैठकले नेकपपा मकवानपुर पार्टी हाक्ने सात जनाको कार्यालय टिम समेत चयन गरेको छ । पुराना र अनुभवी, पहिले दुबै पार्टीमा पदाधिकारीमा रहेकालाई चयन गर्दै सात जनाको कार्यालय टिम बनाएको हो । कार्यालय टिममा अध्यक्ष मुनु सिग्देल, सचिब प्रेमबहादुर पुलामी, बद्री लंसाल, बलराम वल, एकालाल श्रेष्ठ, श्रीधर पोख्रेल र प्रमिला लामालाई चयन गरेको छ ।

दश वटै स्थानीय तहका अध्यक्ष र सचिवहरु सहितको बैठक भोली बस्ने पार्टीका जिल्ला सचिवालय सदस्य बद्री लंसालले बताउनुभयो । भोलीको बैठकले स्थानीय तहमा पार्टी कमिटी गठनका बिषयमा छलफल गर्ने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*