संघिय कृषि मन्त्री खनाललाई हेटौंडाका साना कार्यक्रममा भ्याई नभ्याई

प्रदेश ३ को राजधानी हेटौंडामा ६ वटा कार्यक्रमको उद्घाटन् र अवलोकनमै वित्यो मन्त्रीको दिन ।
जनपत्र
६ भाद्र २०७६, शुक्रबार १८:१८

हेटौंडा । संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई आज हेटौंडाका बिभिन्न कार्यक्रममा भ्याई नभ्याई भएको छ । आज दिउसो १२ बजेदेखिको कार्यक्रम तालिका साँझ साढे ६ बजे मात्र सकियो । हेटौंडाका ६ वटा कार्यक्रममा मन्त्री खनालले भ्याउनुभयो ।

प्रदेश ३ को राजधानी हेटौंडामा रहेका ६ वटा कार्यक्रममा उद्घाटन् र अनुगमनमा पुरै दिन विताउनुभयो । संघिय मन्त्री हेटौंडा आउने वित्तिकै देखि प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा पनि उहाँसंगै दिनभर जसो व्यस्त हुनुभयो । संघिय मन्त्री खनाल आनज हटौंडा आउने भएपछी कर्मचारीहरुलाई झनै हिजैबाट भ्याई नभ्याइ भएको थियो ।

मन्त्री खनालले आज हेटौंडा १५ रातोमाटेको दिव्य सेवा निकेतनले संचालन गरेको ग्रिन हाउसको उद्घाटन्, हेटौंडा औद्योगिक क्षेत्रको माटो तथा मल परिक्षण प्रयोगशालाको निरीक्षण, औद्योगिक क्षेत्रकै पशु वधशालाको निरीक्षण, हेटौंडा १२ पदमपोखरीमा रहेको आधुनीक बाख्रा फमको निरीक्षण, पदमपोखरीकै एग्रिगेट हाउसको उद्घाटन् र हेटौंडा ११ थानाभर्याङमा स्थापना गर्न लागिएको थोक वजार स्थलको अवलोकन गर्न भ्याउनु भएको छ । अरु पार्टीका नेता कार्यकर्ता, छलफल र बैठक समेत भ्याउनुभयो । प्रदेशका कृषि मन्त्रालयका कर्मचारी, सुरक्षा कर्मी अघिपछी हिड्दैमा आज थाकेको बताएका छन् ।

प्रदेश राजधानी हेटौंडामा साना साना कार्यक्रममा पनि मन्त्री गएर उद्घाट गर्ने कार्यक्रमको लामो समयदेखि आलोचना भईरहेको समयमा संघिय मन्त्री खनालका आजका कार्यक्रम देखेर सबै आजित भएका छन् ।

कृषिमा व्यावसायीकता ल्याउनुपर्छ – मन्त्री खनाल

नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपालको जनसंख्याको दुईतिहाइ किसान रहेकोले कृषिमा परिवर्तन ल्याई व्यवसायिक रुपमा काम गर्नुपर्ने बताउनु भएको छ । कृषिजन्य काममा प्रदेश सरकार मात्र नभइ संघीय सरकारले सहयोग गर्ने बताउनुभयो । यो समाज विखण्डीत भइरहेको अवस्था छ ।

 

आफ्ना बाआमालाई छोराछोरीले दिनुपर्ने माया र सत्कार हट्दै गइरहेको हुनाले राज्य सचेत हुनुपर्ने समेत बताउनुभयो । दिव्य सेवा निकेतन र कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीको कृषि प्रवद्र्धन कार्यक्रम अन्र्तगत निर्माण भएको टनेल आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले यस्तोकुरा वताउनुभएको हो ।

कार्यक्रममा उहाँले निकेतनमा आश्रम लिएर बसेका बृद्धालाई फलफुल वितरण गर्नुभयो । उहाँले निकेतनका केन्द्रीय अध्यक्ष तेजराम निरौला र संरक्षक महात्मा सुनिता वाईजीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । आव २०७५ । ७६ को वजेट योजनाको कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम अन्र्तगत हेटौंडा १५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतन परिसरमा गोलभेडा, खुर्सानी, फुल बगैँचा लगाइएको छ ।

कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीबाट २५ लाख र संस्थाबाट १५ लाख ८८ हजार लगानीमा ग्रीन हाउसको निर्माण गरिएका छ । मन्त्री खनालले दिव्य सेवा परिसरमा नै निर्मित ३ वटा टनेल, बीउ भण्डारण कोठा, गोठ तथा भकारो सुधार, गोबर ग्यास प्लान्ट लगायतको अवलोकन गर्नुभएको थियो । कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, निकेतनका सल्लाहकार केदार न्यौपाने, मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्की लगायत कृषि संग सम्बन्धित विज्ञहरुको उपस्तिथी रहेको थियो । कार्यक्रम दिव्य निकेतनका अध्यक्ष तेजराम निरौलाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*