प्रदेश ३ का पाँच वटा जिल्लामा डेंगुका ५५८ जना बिरामी

सबै भन्दा धेरै हेटौंडामा २८७ जना, चितवनमा मात्र चार पटक डेंगुका विरामी देखा परे ।
जनपत्र
६ भाद्र २०७६, शुक्रबार ११:१३

हेटौंडा । प्रदेश नम्बर ३ का पाँच वटा जिल्लामा डेंगुवा विरामी देखापरेका छन् । प्रदेशमा डेंगुका बिरामी सबैभन्दा बडी मकवानपुरको हेटौंडामा र त्यसपछी चितवन जिल्लामा देखा परेका हुन् । पाँच जिल्लामा डेंगुका ५ सय ५८ जना विरामी देखा परेका हुन् ।

डेंगुका बिरामी हेटौंडामा सबै भन्दा बडी २ सय ८७ जना, चितवनमा एक सय ५१ जना, काठमाण्डौमा एक सय १६ जना, ललितपुरमा ३ जना र भक्तपुरमा १ जना देखा परेका हुन् । चितवनमा यसअघिका वर्ष गरी चौथो पटक डेंगुकाम विरामी देखा परेका हुन् । डेंगुको वेलैमा नियन्त्रण गर्नका लागि सबै तयारीका साथ काम भईरहेको प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।

डेंगुका विरामी बडेमा चुनौती हुने बताउँदै उहाँले भन्नुभयो–‘जाडो सिजन नआउँदा सम्म डेंगुका विरामी बढीरहन्छन् । यसका बारेमा जनचेतना जगाएर काम गर्नुको विकल्प छैन ।’ डेंगु नियन्त्रण गर्ने मुख्य काम भनेको सर्च एण्ड डिष्ट्रोयनै रहेको बताउँदै उहाँले यो अभियानमा स्कुले बिद्यार्थी देखिलिएर सबै क्षेत्रका नागरिकहरु परिचालन गर्न निर्देशन दिनुभयो ।

बिभीन्न माध्यमबाट जनचेतना जगाउने काम संगै अभियानमा सबै कार्यालयका कर्मचारीलाई आधिकारीक रुपमा पत्रनै पठाएर यो अभियानमा लाग्नुपर्ने बताउनुभयो । आज बिहान सामाजिक विकास मन्त्रालयमा बैठक गरेर मन्त्री दुलालले सरोकारवाला निकायहरुलाई यो निर्देशन दिनुभएको हो ।

बैठकमा हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठ, डाक्टर हरिबहादुर खड्का, भेक्ट्रोपमका प्रमुख यदुचन्द्र घिमिरे, डाक्टर पुरुशोत्तम सेडाई, डाक्टर युवराज पोख्रेल लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*