एमालेको बाग्मती अध्यक्षमा दाहाल र ढुंगेलमात्र उम्मेदवार

केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले लिए उम्मेदवारी फिर्ता, भोलि विहान ८ बजेदेखि मतदानको समय
जनपत्र
११ आश्विन २०८०, बिहीबार १९:४२

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

एक दिन मतदान रोकेर गरेको छलफलपछि अध्यक्षका तीन उम्मेदवार पछि हटेका छन् । वर्तमान अध्यक्ष केशव पाण्डेले बिहीबार विहानै उम्मेदवारी फिर्ता लिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गरेका छन् ।

साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । दुबैले अध्यक्षका अर्का उम्मेदवार दाहाललाई समर्थन गरेको नेताहरुले बताएका छन् ।

नेताहरुले अझै पनि सहमतिको प्रयास हुने बताएपछि दाहाल र ढुंगेलबीच चुनाव हुने निश्चित जस्तै छ । निर्वाचन मण्डलले भोलि विहान ८ बजेदेखि मतदानको समय तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*