इराकमा विवाह समारोहमा आगलागी हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गयो

जनपत्र
१० आश्विन २०८०, बुधबार १०:४५

काठमाण्डौ – इराकमा एक विवाह समारोहमा आगलागी हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । उत्तरी इराकको निनवेह प्रान्तमा भएको आगलागीमा दुलहा र दुलहीको अवस्था सार्वजनिक हुन सकेको छैन ।

प्रारम्भिक रिपोर्टका अनुसार आतिशबाजी पछि आगलागी भएको हुनसक्ने अनुमान छ । अग्नि नियन्त्रक तथा स्थानीयबासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । इराक सरकारले घटनाबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएको छ । थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*