सामाजिक सुरक्षा योजना कडाइका साथ लागू गर्दै सरकार

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सरकारले लगानी नगरेकोमा हेटौंडाका उद्योगिको आपत्ति ।
जनपत्र
५ भाद्र २०७६, बिहीबार १७:१६

हेटौंडा । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्वन्धी अभिमुखीकरण एवम अन्तरक्रिया कार्यक्रम हेटौंडामा भएको छ । सामाजिक सुरक्षा कोष, उद्योग संघ मकवानपुर, औद्योगिक क्षेत्र व्यावस्थापन कार्यालय मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नका लागि मकवानपुरका उद्योगि, व्यावसायी तयार भएपनि यसमा सरकारको पनि रकम सहयोग हुनुपर्ने बताएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सरकारले लगानी नगर्ने र उद्योगिलाई मात्र बायकारी बनाएकोमा आपत्ति जनाएका छन् । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले सामाजिक सुरक्षा योजनामा सरकारले रकम नहाल्ने र उद्योगिले मात्र योगदान गर्नुपरेकोमा आपत्ति जनाउनुभयो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक रमा भट्टराईले अहिले सम्म सामाजिक सुरक्षा कोषमा न्युन मात्रामा सहभागिता जनाएको वताउनुभयो । सुचिकरण हुने उद्योगि पनि अहिले सम्म कमै मात्रामा रहेको बताउनुभयो । बितेको साउन महिनादेखि सामाजिक सुरक्षा योजनामा उल्लेख्य सहभागिता बढेकोले कार्यान्वयन गर्नका लागि जटिलता नभएको बताउनुभयो ।

यसको नियममा सुधार गर्दै थप परिस्कृत बनाउँदै लगिएको उहाँले बताउनुभयो । यस योजनामा देशका ५५ हजार रोजगार दाता आफैले रकम जम्मा गर्न सक्ने व्यावस्था मिलाईएको बताउनुभयो । कोषमा जम्मा भएको रकम श्रमिकको उपचार र आश्रीत परिवारका लागि सहयोग पुग्ने बताउनुभयो ।

नेपाल उद्योग परिषघं प्रदेश नम्बर ३ का अध्यक्ष ऋसीराम घिमिरे, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका पूर्ब अध्यक्ष माधव अधिकारी, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल लगायतकाले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा सहभागि उद्योगि व्यावसायीहरुले सामाजिक सुरक्षा योजनामा सरकारको पनि योगदान हुनुपर्ने माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*