मकवानपुरमा प्रहरीको गाँजा बिस्थापित गर्न कफिका विरुवा वितरणपछी फेरी गाँजा फडानी अभियान

हेटौंडा । मकवानपुरको बिकट गाउँमा गाँजालाई विस्थापित गर्नका लागि तरकारी खेती अभियान देखि कफिका बिरुवा वितरण गर्ने अभियान सम्म चल्यो । तर, गाँजा विस्थापित हुन सकेको छैन ।
हरेक वर्ष जस्तै प्रहरी फेरी जिल्लाका बिकट गाउँमा गएर गाँजा फडानी अभियान चलाइ रहेको छ । हरेक वर्ष गाँजालाई विस्थापित गर्ने अभियान कुरामा हुन्छ गाँजा विस्थापित हुनुको सट्टा भारतिय तस्करहरुसंगको मिलेमतोमा गाँजाबाट बढुवा भएर अफिम खेतीलाई व्यापकता बनाइएको छ ।
यसैबिच मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर४,५ र ९ मा लगाईएको १५ बिगाहा अवैध लागूऔषध गाँजा फडानी गरि नष्ट गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ्ग गाउँपालिकाको तीन वटा वडामा तीन दिन लगाएर १५ विगाहा गाँजा फडानी गरि नष्ट गरिएको हो । राक्सिराङ्ग गाउँपालिका वडा नं।४ र ५ सोमबार १० विगाहा गरिएको मकवानपुर प्रहरीको दाबी छ ।
त्यस्तै असोज ६ र ७ गते राक्सिराङ्ग गाउँपालिका वडा नं।९ को ५ विगाहा क्षेत्र फलमा लगाएको गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरी पोलेर नष्ट गरेको बताईएको छ ।