हेटौंडामा प्रदेश भाषा दिवस मनाइयो

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा भाषा दिवस मनाइएको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा, नेपाल तामाङ घेदुङसंघ र नेवाः देय दवूको सहकार्यमा भाषा दिवस मनाइएको हो ।
हेटौंडाको हुप्राचौरबाट निकालिएको भाषा दिवसको प्रभातफेरी र्यालीले हेटौंडा बजार क्षेत्रको परिक्रमा गरेर मेनरोडको रोयलपार्टी प्यालेसमा सभामा परिणत भएको थियो । बिभीन्न समुदायहरुको पहिरन र झाकी सहित र्याली निकालिएको थियो । बागमती प्रदेश सरकारले भाषा दिवसका अवसरमा आज सार्वजनिक दिा पनि दिएको छ ।
हरेक वर्ष बैशाख २४ गते प्रदेश सरकारले भाषा दिवस मनाउने गरेको छ । यसको अवसरमा भाषाको जगेर्ना गर्नुपर्ने कार्यक्रमका सहभागि हरुले बताएका छन् । औपचारिक कार्यक्रमको उद्घाटन् प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका थिए ।