हेटौडा सामुदायिक आँखा अस्पतालमा महिला बिरामीले प्याडको सुविधा पाउने

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको हेटौडा सामुदायिक आँखा अस्पतालमा महिला बिरामीले अब महिनावारी प्याडको सुविधा पाउने भएका छन् ।
अस्पतालमा आउने महिला बिरामीहरुको लागि लक्ष्यित गर्दै प्याड भेन्डिग मेसिन जडान गरिएको छ । युक्ति फाउण्डेशन काठमाडौँले अस्पतालमा यो मिसेन सहयोग गरेको हो । विहीबारबाट अस्पतालमा आउने बिरामीले सेवा पाउने अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले बताए ।
संरक्षक श्रेष्ठ सहित अस्पताल प्रमख डा। सुनिल थकालीलाई फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले मेसिन हस्तान्तरण गरेका हुन् । “अब अस्पतालमा आउने महिला बिरामीहरु महिनावारी भएमा सेनिटरी प्याड किन्न बजारमा जानु पर्दैन” श्रेष्ठले भने ।
मेसिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेशनबाट सहयोग गर्नेछ । युक्ति फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले विदेशमा महिला दिदी बिहिनीहरुलाई महिनावारीको समयमा पर्न सक्ने समस्याको लागि विभिन्न स्थानमा यस्तो मेसिन हुने गरेको र नेपालमा पनि आफ्नो दिदी बिहीनीहरुलाई पर्न सक्ने समस्याको हल गर्न मेसिन विभिन्न स्थानमा डोनेशन गर्ने गरेको बताइन् । हेटौडा सामुदायिक आँखा अस्पतालमा सहयोग गर्न पाउँदा आफू गौरवान्वित भएको उनले बताइन् ।