चन्द्रयान : ईसरोले भन्यो प्रज्ञान र विक्रमबाट कुनै सङ्केत आएको छैन
भारतले २२ सेप्टेम्बरको सूर्योदयको उत्सुकताका साथ पर्खिरहेको थियो। तर यो सूर्योदय पृथ्वीमा नभई चन्द्रमामा हुनुपर्ने थियो ।
ईसरोले शुक्रबार विक्रम ल्यान्डर र प्रज्ञान रोभरलाई उठाउने प्रयास गर्ने भनेको थियो तर उसले अब यो प्रयास शनिबार पुनस् गरिने बताइयो। ईसरोका स्पेस एप्लिकेसन सेन्टरका निर्देशक नीलेश देसाईले भने, ‘पहिले हामी आज अर्थात् सेप्टेम्बर २२ मा प्रज्ञान र विक्रमलाई सक्रिय गर्ने भनेका थियौँ, तर अब केही कारणले हामी यसलाई आज शनिबार प्रयास गर्नेछौँ।’
यसपछि शुक्रबार साँझ ईसरोले एक्समा एक विज्ञप्ति जारी गर्यो। विज्ञप्तिमा भनिएको थियो, ‘विक्रम र प्रज्ञानसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिएको छ। अहिलेसम्म हामीले यी दुईबाट कुनै सङ्केत प्राप्त गरेका छैनौँ। उनीहरूलाई सम्पर्क गर्ने प्रयास जारी रहनेछ।’
चन्द्रमामा विक्रम ल्यान्डर र प्रज्ञान रोभरको आयु मात्र १४ दिनको छ । चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ। अगस्ट २३ मा चन्द्रमामा एक दिन सुरु भयो। यसै कारण इसरोले आफ्नो ल्यान्डर विक्रमलाई त्यहाँ अवतरण गरेको थियो । इसरोले सेप्टेम्बर ४ मा चन्द्रमामा दिनको अन्त्य हुनुअघि ल्यान्डर र रोभरलाई स्लिपिङ मोडमा राखेको थियो।
ल्यान्डर विक्रम र रोभर प्रज्ञानलाई काम गर्न बिजुली चाहिन्छ। दुवैले चन्द्रमामा सूर्य उदाउँदा मात्रै सोलार प्यानलबाट बिजुली लिन सक्छन्। तर रात परेकोले बिजुली पाएका छैनन् ।
राति चन्द्रमाको तापक्रममा ठूलो गिरावट आएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार राति चन्द्रमाको तापक्रम माइनस १३० डिग्रीमा झर्छ । केही क्षेत्रमा यो (२५३ डिग्री पुग्छ। यस्तो कम तापक्रममा रोभर र ल्यान्डर दुवै जम्छन्। चन्द्रमामा सूर्य नउदाउञ्जेल तिनीहरू यसरी नै रहनेछन्। शुक्रबार घाम लागेपनि ल्यान्डर र रोभर सक्रिय हुन सकेका छैनन् । यो सजिलो काम पनि होइन ।
ईसरो प्रमुख सोमनाथले यस सम्बन्धमा मिडियासँग कुराकानी पनि गरेका थिए। उनले भनेका थिए, ‘रातमा चन्द्रमाको तापक्रम माइनस २०० डिग्री सेल्सियसमा झर्छ। यस्तो कठोर वातावरणमा ब्याट्री र इलेक्ट्रोनिक उपकरणहरू बिग्रन सक्छन्। तर हामीले केही परीक्षणहरू गरेका छौँ। त्यसकारण, हामी आशा गर्छौँ कि विक्रम र प्रज्ञान कठोर मौसमको अवस्थाबाट बच्न सक्छन्। तिनीहरू फेरि काममा फर्किन सक्छन् ।’
ईसरोले चन्द्रमामा स्लीप मोडमा रहेको रोभरलाई सक्रिय गर्ने प्रयास गरिरहेको छ। क्ष् ईसरोले आफ्नो ब्याट्री पनि फुल चार्ज भएको बताएको छ । ल्यान्डर र रोभरका रिसिभरहरू पनि सक्रिय छन्।
यदि ल्यान्डर र रोभर इसरोको योजनाअनुसार सक्रिय भएमा उनीहरूले पहिले जस्तै चन्द्रमाबाट थप जानकारी सङ्कलन गर्नेछन्। तिनीहरूले यो जानकारी पृथ्वीमा पठाउनेछन्। यदि त्यसो भएन भने उनी त्यहाँ भारतको राजदूतको रूपमा रहने इसरोले जनाएको छ । एजेन्सी ।






