इन्द्रसरोवरमा विपद् सुरक्षा वेश स्थापना गर्न एमाले सचेतक वर्तौलाको आग्रह
हेटौंडा । मकवानपुर जिल्ला सदरमुकामबाट टाढा रहेको इन्द्रसरोवरमा हुन सक्ने विपद् जोखिम सम्वन्धी उद्धार तथा शान्ती सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन सुरक्षा वेश स्थापनाका लागि एमाले सचेतक महेश वर्तोलाले तदारुकता देखाउनु भएको छ ।
वुधबार वर्तौलाले इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष देवकृष्ण पुडासैनी सहित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ती वस्नेतलाई भेटेर वेश स्थापनाका लागि जग्गा तथा भवन उपलव्ध गराउन अनुरोध गर्नु भएको हो ।
इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पुडासैनीका अनुसार राजमार्गमा हुन सक्ने विपद्का घटनाहरुमा उद्धार कार्य गर्न तथा बर्षेनी इन्द्रसरोवर तालमा डुवेका मानीसहरुको खोज उद्धार गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन सुरक्षा वेश स्थापना गर्न लागिएको हो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति वस्नेतलाई भेटेर इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ स्थित विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तथा प्रयोग नआएको २ वटा भवन सुरक्षा वेश स्थापनाका लागि माग गरिएको हो ।
इन्द्रसरोवर गाउँपालिकाको हेवी बाट हेवी काठमाण्डौं, हेवी हेटौंडा, हेवी फाखेल दक्षिणकाली हेवी काठमाण्डौं, हेवी चखेल हेवी काठमाण्डौं, हेवी चित्लाङ चन्द्रागिरी हेवी काठमाण्डौं, हेवी थाहा नगरपालिका लगायतका राजमार्गहरु रहेको छन् । जहाँ सडक दुर्घटनाको जोखिम उच्च रहेको छ ।






