मानिसको मस्तिष्कमा चिप लगाउन मस्कको कम्पनीलाई अनुमति, चिप प्रत्यारोपण गर्नेको खोजी सुरु
अर्बपति एलन मस्कको कम्पनी न्युरालिंकलाई मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति प्राप्त भएको छ ।
रोयटर्सका अनुसार त्यस्तो अनुमति पाएसँगै न्युरालिंकले मस्तिष्कमा चिप जडान गर्ने मानिसको खोजी सुरु गरिसकेको छ । एउटा विशेष भर्ना प्रक्रियाबाट त्यस्तो व्यक्तिको छनोट गरिने बताइएको छ ।






